काठमाडौं । सेयर बजार कारोबार अब ६ दिन संचालन हुने भएको छ । सरकारले दुई दिन सार्वजनिक बिदा घोषणा गरेपछि जेठबाट आइतबार बन्द हुने कारोबार शुक्रबार खुल्न थालेको थियो ।
सरकारले आइतबारको सार्वजनिक बिदा हटाएका कारण अब सेयर कारोबार ६ दिन नै हुने नेपाल स्टक एक्सचेन्जका सूचना अधिकारी मुरारी पराजुलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आइतबारदेखि बिहीबारसम्म साविककै समय ११–३ बजेसम्म सेयर कारोबार हुने भएको छ । शुक्रबार भने १ बजे बजार बन्द हुने भएको छ ।
लगानीकर्ताले कारोबार ६ दिन नै संचालन गर्न लामो समयदेखि माग गरिरहेका थिए । जेठ अगाडि भने आइतबारदेखि बिहीबारसम्म गरी कारोबार ५ दिन मात्र चल्ने गरेको थियो ।