Sep 20 2026 | २०८३, आश्विन ४ गते

२०८३, आश्विन ४ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमितमध्ये ९४ प्रतिशत विदेशबाट आएका नागरिक: स्वास्थ्यमन्त्री ढकाल

कोरोना संक्रमितमध्ये ९४ प्रतिशत विदेशबाट आएका नागरिक: स्वास्थ्यमन्त्री ढकाल

  • मंगलवार, आषाढ १६ २०७७

  • 280
    SHARES

  • bhanubhakta-Dhakal-500x350.jpgनेपालमा कोरोना संक्रमण देखिएका मध्ये ९४ प्रतिशत विदेशबाट आएका व्यक्तिहरू रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बताएका छन् ।
    आज नेपाल रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले सहयोगस्वरूप उपलब्ध गराएका स्वास्थ्य सामग्री बुझ्दै अहिलेसम्म देशमा संक्रमण भएका १३ हजार संक्रमितमध्ये ९४ प्रतिशत विदेशबाट आएका र ६ प्रतिशत समुदाय स्तरमा संक्रमण फेला परेको बताएका हुन् ।

    उनले संक्रमित मध्ये ३ हजार २ सय निको भइसकेकाले अहिले पनि नियन्त्रणमै रहेको उनको भनाई छ ।
    मन्त्री ढकालले दैनिक १० हजार पीसीआर परीक्षण गर्ने गरी ल्याबहरुको विस्तार गर्न लागेको समेत जानकारी दिए । अहिले देशभर २२ वटा

    पीसीआर ल्याबबाट दैनिक ७ हजार ७ सय ९१ परीक्षण सम्भव भएको र अबको केही दिनभित्र देशभर ३३ वटा ल्याब पु¥याइ दैनिक १० हजार परीक्षण गर्ने तयारी गरिएको बताएका छन ।


    मंगलवार, आषाढ १६ २०७७०७:११:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij