काठमाडौं । संचारकर्मी ईश्वरी बरालको ‘हरेक रात सपनीमा हुन्छु तिम्रै रानी’ बोलको गीत सावैजनिक भएको छ ।
संचारकर्मी क्षितिज सर्पणको शब्द तथा राज कुमारको संगीत रहेको गीत एक्का कम्पनीको युट्युव च्यानल मार्फत लिरिकल भिडियोसहित सार्वजनिक गरिएको हो ।
सन्जय हमालले एरेन्ज गरेका उक्त गीतको सम्पादन पनि राज कुमारले नै गरेका छन् । डान्सिङ विधाको गीत युवा युवतीको मायाँ प्रेममा आधारित छ ।