Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

प्रभा बर्तौलाको 'फुर्के धागो २’ सार्वजनिक (भिडियोसहित)

प्रभा बर्तौलाको 'फुर्के धागो २’ सार्वजनिक (भिडियोसहित)

  • बुधवार, श्रावण २० २०७८

  • 1.1K
    SHARES

  • प्रभा बर्तौलाको 'फुर्के धागो २’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौं - थानेश्वर गौतमको स्वरमा गीतकार प्रभा बर्तौलाको ‘फुर्के धागो २’ सार्वजनिक भएको छ । गीतमा गौतमसँगै गायिका शोभा गौतमको स्वर रहेको छ भने संगीत गायक स्वयम गौतमले भरेका छन् ।

    अघिल्लो वर्षको ‘फुर्के धागो’ बजारमा ल्याएको यो टिमले उक्त गीतलाई दर्शकश्रोताले अत्यधिक रुचाएपछि ‘फुर्के धागो २’ ल्याएको बताइएको छ । बर्तौलाको शब्द तथा गौतमको आवाज र संगीतमा रहेको ‘फुर्के धागो’, ‘छुट्नलाई पो रैछ क्या रे’, ‘छ म सङ्ग सबै छ’लगायत बोलका गीतहरू यसअघि बजारमा आएका छन् ।

    भुवन लामाको निर्देशनमा रहेको गीतको भिडियोमा अञ्जली अधिकारी र नयन डिसीको अभिनय रहेको छ । यस्तै गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन्।

    गीतलाई ‘जननी नेपाल’को अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गएिको हो ।


    बुधवार, श्रावण २० २०७८०७:२७:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij