Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
कोरोना अपटेड

२४ घण्टामा ३११४ मा संक्रमण, २१९७ डिस्चार्ज, १६ जनाको मृत्यु

२४ घण्टामा ३११४ मा संक्रमण, २१९७ डिस्चार्ज, १६ जनाको मृत्यु

  • शनिवार, श्रावण ९ २०७८

  • 886
    SHARES

  • २४ घण्टामा ३११४ मा संक्रमण, २१९७ डिस्चार्ज, १६ जनाको मृत्यु

    काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा ३ हजार ११४ जनामा संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६२५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ३०९ जना र ४ हजार २८५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय ५ जनामा गरी सो संख्यामा संक्रमण पुष्टि भएको हो । कुल परीक्षणको झन्डै २१ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाएको छ ।

    आज थपिएका मध्ये काठमाडौँ उपत्यकामा मात्र ६१५ जना रहेका छन् । जस्मा काठमाडौँमा ४२१, ललितपुरमा १०८ र भक्तपुरमा ८६ जना थपिएका हुन् ।

    पछिल्लो २४ घण्टामा थप १६ जना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा थप २ हजार १९७ जना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । नेपालमा निको हुने दर ९४.५ प्रतिशत छ भने मृत्यु दर १.५ प्रतिशत रहेको छ ।

    हालम्म नेपालमा संक्रमितको कुल संख्या ७ लाख ३३ हजार २६० पुगेको छ । जसम्मध्ये संख्या ६ लाख ४१ हजार ५६५ जना संक्रमणमुक्त भइसकेका छन् भने ९ हजार ६९५ जनाको मृत्यु भएको छ । अहिले २७ हजार ७५७ जना सक्रिय संक्रमित छन् ।

    पछिल्लो २४ घण्टामा १४ हजार ९१० जनाको परीक्षण भएसँगै आज सम्म नेपालमा ३८ लाख १४ हजार ९७८ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।


    शनिवार, श्रावण ९ २०७८०५:०९:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij