Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

उपत्यकाको निषेधाज्ञामा आजदेखि थप कडाइ गर्दै प्रशासन

उपत्यकाको निषेधाज्ञामा आजदेखि थप कडाइ गर्दै प्रशासन

  • आइतवार, बैशाख १९ २०७८

  • 985
    SHARES

  • उपत्यकाको निषेधाज्ञामा आजदेखि थप कडाइ गर्दै प्रशासन

    काठमाडौँ । उपत्यकामा प्रशासनले लगाएको निशेधाज्ञामा आजदेखि थप कडाइ गरिने भएको छ। सडकमा सवारी साधन र नागरिकको आवतजावत नघटेको भन्दै प्रशासनले थप कडाइ गर्ने तयारी गरेको हो ।

    अनुगमनका क्रममा सवारी र मानिसहरुको केही चाप देखिएकाले यसलाई थप कडाइ गर्दै लैजाने काठमाडौका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताउनु भयो । पराजुलीसहित जिल्ला सुरक्षा समितिको टोलीले हिजो काठमाडौँका विभिन्न स्थानमा स्थलगत निरीक्षण गरेर निषेधाज्ञा कार्यान्वनको अवस्था जानकारी लिएको थियो ।

    यसैबीच, कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले निषेधाज्ञाको समयमा सवारी चापलाई कम गर्न बैंक तथा वित्तीय संस्थाहरुका एक चौथाइ शाखाहरु मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको छ । त्यसमा पनि एक चौथाइ कर्मचारी राख्नु पर्ने र त्यसको पनि सहजीकरण नेपाल राष्ट्र बैंक गर्नुपर्ने भनिएको छ ।

    यस्तै, सरकारी कार्यालयमा पनि एक चौथाइ मात्रै कर्मचारी राखेर सञ्चालन गर्न भनिएको छ ।

    कोरोना भाइरस संक्रमणको दर बढेपछि चेन ब्रेक गर्न भन्दै उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि एकसातासम्म निषेधाज्ञा लगाएका छन् । मन्त्रिपरिषद् बैठकले थप एकसाता निषेधाज्ञा लगाउने निर्णय गरिसकेको छ ।


    आइतवार, बैशाख १९ २०७८०९:३०:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij