Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै,आज मात्र २४ सयभन्दा बढी संक्रमित थपिए

कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै,आज मात्र २४ सयभन्दा बढी संक्रमित थपिए

थप ५ को मृत्यु
  • बिहिवार, बैशाख ९ २०७८

  • 685
    SHARES

  • कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै,आज मात्र २४ सयभन्दा बढी संक्रमित थपिए

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप २४ सय २८ जनामा संक्रमण पुष्टि भएको छ। पीसीआर विधिबाट १० हजार १ जनाको र एन्टिजेन विधिबाट ४४७ जनाको परीक्षण गरिएको थियो ।

    जसमा पीसीआर विधिबाट २३ सय ६५ र एन्टिजेनबाट ६३ जना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

    यही अवधिमा २५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालसम्म २ लाख ७६ हजार ३४५ जना निको भएका छन् भने कुल संक्रमितको संख्या २ लाख ९२ हजार १५२ पुगेको छ । कुल मृतकको संख्या ३ हजार ११७ पुगेको छ ।

    नेपालमा हाल १२ हजार ६९० जना सक्रिय संक्रमित रहेका छन् ।


    बिहिवार, बैशाख ९ २०७८०५:१५:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij