एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा मात्र २ लाख १६ हजार ८ सयभन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन् । सोही अवधिमा १ हजार १८३ संक्रमितको मृत्यु भएको छ । नयाँ संक्रमितसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड ४२ लाख ८७ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै भारतमा २ लाख १६ हजार ८५० संक्रमित थपिएको वल्र्डओमिटरले जनाएको छ । संक्रमित भएको यो संख्या भारतमा अहिलेसम्मकै सबैभन्दा बढी हो ।
हाल भारतमा सक्रिय संक्रमितको संख्या १५ लाख ६९ हजार नाघेको छ । त्यस्तै १ लाख ७४ हजार ३३५ कोरोना संक्रमितको मृत्यु भएको छ ।
यस्तै, हालसम्म विश्वमा संक्रमितको संख्या १३ करोड ९६ लाख ६५ हजार नाघेको छ ।
संक्रमितमध्ये २९ लाख ९८ हजार ८ सय बढीले ज्यान गुमाएका छन् । अहिलेसम्म ११ करोड ८७ लाख ५२ हजार बढीले कोरोना संक्रमणलाई जितेका छन् ।
विश्वमा हाल सक्रिय संक्रमितको संख्या १ करोड ७९ लाख १४ हजारभन्दा बढी छ । जसमध्ये १ लाख ६ हजार ६ सयभन्दा बढीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।