Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कोरोना महामारी अन्त्य हुन समय लाग्ने भन्दै विश्व स्वास्थ्य संगठनको चिन्ता

कोरोना महामारी अन्त्य हुन समय लाग्ने भन्दै विश्व स्वास्थ्य संगठनको चिन्ता

  • मंगलवार, चैत्र ३१ २०७७

  • 1.2K
    SHARES

  • कोरोना महामारी अन्त्य हुन समय लाग्ने भन्दै विश्व स्वास्थ्य संगठनको चिन्ता

    एजेन्सी । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना महामारीको अन्त्य हुन समय लाग्ने भन्दै चिन्ता व्यक्त गरेको छ ।

    डब्ल्यूएचओका इपिडिमियोलोजिस्ट मारिया भानले कोरोनाको संक्रमण दर पछिल्लो हप्ता ९ प्रतिशत र मृत्युदर ५ प्रतिशतले बढेको जानकारी दिँदै संक्रमणलाई हलुका रुपमा नलिन आग्रह गरेकी छन् ।

    विश्वमा कोरोना संक्रमित थपिने क्रम बढ्दै गएको, ज्यान गुम्नेको संख्यामा उल्लेख्य वृद्धि भएको बताउँदैै डब्ल्यूएचओले स्वास्थ्य मापदण्डको पालना र आत्मसंयमता कायम गर्न भनेको छ ।

    यसैबीच संगठनकाका प्रमुख डाक्टर टेड्रोस गेब्रियसले कोरोना महामारी अन्त्य हुन धेरै समय लाग्ने भएकाले स्वास्थ्य मापदण्डका उपायहरु पालना गर्न सुझाव दिएका छन् । महामारी नियन्त्रणको विकल्प स्वास्थ्य मापदण्डको पालना गर्नु नै रहेको उनको भनाइ छ ।


    मंगलवार, चैत्र ३१ २०७७०९:४८:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij