Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

एपमार्फत शारीरिक व्यायाम गर्दा यस्ता कुरामा ध्यान दिनुहोस् :

एपमार्फत शारीरिक व्यायाम गर्दा यस्ता कुरामा ध्यान दिनुहोस् :

  • शनिवार, चैत्र २८ २०७७

  • 1.1K
    SHARES

  • एपमार्फत शारीरिक व्यायाम गर्दा यस्ता कुरामा ध्यान दिनुहोस् :

    त वर्ष कोरोना भाइरस महामारी सुरु भएपछि लकडाउन सुरु भयो । त्यसयता अधिकांश मानिसले फिटनेस सेन्टर नगएर घरमै बसेर शारीरिक व्यायाम गर्न थाले । यसको निरन्तरता अहिले पनि जारी छ । कोही मोबाइलमा फिटनेस एपको माध्यमबाट व्यायाम गरिरहेका छन् त कोही युट्युबमार्फत । भर्चुअल माध्यमबाट यसरी एक्सरसाइज गर्दा यसले दीर्घकालीन असर परिरहेको धेरैलाई पत्तो नै हुँदैन । अब जानौं घरमै एक्सरसाइज गर्दा ध्यान दिनुपर्ने कुरा :

    woman-excercise-app-gty-hb-180115_3x2_992.jpg

    -मानिसको शारीरिक स्थितिअनुसार उनीहरूले गराउने व्यायाम पनि फरक हुन्छ । त्यसमाथि शारीरिक व्यायामसँगै क्यालोरी पनि मिलाउनुपर्ने हुन्छ । एपमा देखाइने एक्सरसाइज पछ्याउँदा शरीरको कोण पनि मिलाउनुपर्ने हुन्छ । व्यक्तिअनुसार शरीर पनि फरक हुने हुँदा एपमा पाइने टिप्स सबैलाई लागू हुँदैन ।

    -कतिपय टिप्स हेरेर मात्र सिको गर्न खोज्दा असर गर्न पनि सक्छ । यस्ता विषय नबुझी एपको फिटनेस अनुसरण गर्दा पछि गएर घुँडा, ढाड, जोर्नीको समस्या देखिने, हिपलाइनमा असर गर्ने, मासु तन्किनेजस्ता समस्या देखिने सम्भावना हुन्छ । त्यसमाथि हिजोआज ढाड दुख्ने, घुँडाको समस्या हुने बिरामीको संख्या बढेको छ । यस्ता बिरामीले त झन् एपमार्फत एक्सरसाइज गर्नै हुँदैन ।

    gettyimages-1269581287___31142703531.jpg-विशेषगरी, मोटोपना भएका अपरेसन गरेर बच्चा जन्माएका महिलाले विशेष ध्यान दिनुपर्ने हुन्छ । त्यसैले, यस्ता एक्सरसाइज फिटनेस प्रशिक्षकविना गर्नु उपयुक्त हुँदैन ।

    -यसको अर्थ शारीरिक व्यायाम नै नगर्नु भन्न खोजिएकोचाहिँ होइन । पहिलादेखि नै प्रशिक्षकबाट सहयोग लिएर व्यायाम गर्दा हुन्छ । नजानेकाहरूले घरमै बसेर गर्न सकिने अन्य एक्सरसाइज पनि छन् । सामान्य योग, प्राणायाम, जोइन्ट एक्सरसाइज गर्न सकिन्छ । मोटोपना भएका र ब्याकबोनको समस्या भएकाले हिँडडुल गर्दा नै उचित हुन्छ । संगीतमा नृत्य गर्र्ने तथा छतमा हिँडडुल गर्नेजस्ता कार्य गर्न सकिन्छ ।

    (एजेन्सीको सहयोगमा)


    शनिवार, चैत्र २८ २०७७१२:५२:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij