Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

भारतद्धारा कोरोना खोप निर्यातमा रोक, नेपालले खरिद गरेको खोप पनि नआउने

भारतद्धारा कोरोना खोप निर्यातमा रोक, नेपालले खरिद गरेको खोप पनि नआउने

  • बिहिवार, चैत्र १२ २०७७

  • 994
    SHARES

  • भारतद्धारा कोरोना खोप निर्यातमा रोक, नेपालले खरिद गरेको खोप पनि नआउने

    एजेन्सी । भारतले कोरोनाबिरुद्धको खोप निर्यातमाथि रोक लगाएको छ ।

    कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेकाले आउँदा साताहरूमा घरेलु माग बढ्ने र खोप भारतमै आवश्यक पर्ने उनीहरूले बताएका छन् ।

    भारतको खोप निर्माता सीरम इंस्टिच्युटले बेलायत र ब्राजिलका लागि खोप निर्यातमा ढिलाई गरिरहेकै बेला भारतको यो निर्णयले विश्वका कयौं राष्ट्रहरु प्रभावित हुने भएका छन् ।

    भारतले अक्सफोर्ड–एस्ट्राजेनेका खोप हालसम्म ७६ राष्ट्रहरुमा ६ करोड खोप उपलब्ध गराइसकेको छ ।

    भारतमा एकैदिन ४७ हजार कोरोना संक्रमित हुँदा २ सय ७५ जनाको मृत्यु भएपछि भारत सरकार कोरोना नियन्त्रणको उपाय अवलम्बन तर्फ लागेको छ ।

    भारतमा आगामी अप्रीलदेखि ४५ बर्ष भन्दा माथिका उमेर समुहका ब्यक्तिहरुलाई खोप लगाउने कार्यक्रम तय गरिएको छ ।

    भारतको यो निर्णयसँगै नेपालले भारतबाट खरिद गरेको १० लाख डोज खोप नआउने भएको छ ।


    बिहिवार, चैत्र १२ २०७७०७:४४:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij