Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एस्ट्राजेनेका खोप सुरक्षित रहेको युरोपियन युनियनको दाबी

एस्ट्राजेनेका खोप सुरक्षित रहेको युरोपियन युनियनको दाबी

  • शुक्रवार, चैत्र ६ २०७७

  • 1.3K
    SHARES

  • एस्ट्राजेनेका खोप सुरक्षित रहेको युरोपियन युनियनको दाबी

    एजेन्सी । युरोपियन युनियनले अक्सफर्ड–एस्ट्राजेनेका खोपमा त्रुटी नदेखिएको निष्कर्ष निकाल्दै यो खोप प्रभावकारी र सुरक्षित मात्र नभई फाइदाजनक भएको दाबी गरेको छ ।

    युरोपियन संघका आवद्ध १३ राष्ट्रहरुले एस्ट्राजेनेका खोपमा त्रुटी भएको भन्दै रोक लगाएपछि युरोपियन मेडिसिन एजेन्सीले खोपबारे अध्ययन अनुसन्धान गरी खोपमा त्रुटी नभएको बताएको हो ।

    यसअघि विश्व स्वास्थ्य संगठनले पनि एस्ट्राजेनेका खोप प्रभावकारी भएको प्रष्ट पारिसकेको छ ।

    विश्वका केही राष्ट्रहरुले एस्ट्राजेनेका खोप लगाएका व्यक्तिको रगतमा समस्या आएको भन्दै खोप प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो ।

    जसमध्ये इटली र फ्रान्सले पुन एस्ट्राजेनेका खोप अभियान सुरु गरिसकेको छ ।

    यसअघि डेनमार्क, नेदरल्याण्ड्स, नर्वेलगायत कतिपय राष्ट्रहरूले सो खोपको प्रयोग स्थगित गरेपछि निर्माता कम्पनीले स्पष्टीकरण दिएको हो ।

    डेनमार्क र नर्वेमा थोरै संख्याका मानिसहरूले खोप लगाएपछि रगत जमेको विवरण आएपछि खोप वितरण स्थगित गरिएको थियो ।

    एस्ट्राजेनेका कम्पनीले पचास लाख युरोपेलीहरूलाई खोप दिँदा ३० जनामा मात्र त्यस्तो समस्या देखिएको भन्दै त्यो खोपबाट सिर्जित समस्या नभएको प्रष्ट पारेको थियो ।


    शुक्रवार, चैत्र ६ २०७७०८:४१:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij