Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नवीन र रुक्मिणी भट्टराईको प्रस्तुतिमा शिव सुवेदीको ‘अभागी त म हुँ’ (भिडियोसहित)

नवीन र रुक्मिणी भट्टराईको प्रस्तुतिमा शिव सुवेदीको ‘अभागी त म हुँ’ (भिडियोसहित)

  • मंगलवार, माघ २० २०७७

  • 1.6K
    SHARES

  • नवीन र रुक्मिणी भट्टराईको प्रस्तुतिमा शिव सुवेदीको ‘अभागी त म हुँ’ (भिडियोसहित)

    काठमाडौं । लोकदोहोरी सर्जक शिव सुवेदीको ‘अभागी त म हुँ’ बजारमा आएको छ । नवीन र रुक्मिणी भट्टराईको प्रस्तुति रहेको गीतमा गायिका सुनितामी परियार र कुशल बेल्बासेको स्वर रहेको छ भने चर्चित गायक खेम सेञ्चुरी र जुना गुरुङको अभिनय रहेको छ ।

    गीतलाई कलाकार तथा निर्देशक विनोद भण्डारीले निर्देशन गर्नुभएको हो । 

    गीतमा शब्द यस्ता छन् :

    भन्दिनँ म सम्झिन्नौ किन
    तिमीलाई फुर्सद चाहिन्छ सम्झिनँ । अभागी त म हुँ, पहिले तिम्रो मायामा बानी पार्‍यौँ सानु, अहिले तिम्रै तिरस्कार कसोगरी सहुँ ।

    हिजो मलाई आस किन, भर किन ।
    थियो भने दुइ दिनमै तर्किन । अभागी त म हुँ, पहिले तिम्रो मायामा बानी पार्‍यौँ सानु, अहिले तिम्रै तिरस्कार कसोगरी सहुँ ।

    भण्डारीले निर्देशन गरेका गीतले पछिल्लो समयमा दर्शकश्रोताले अत्यधिक माया पाएका छन् । 

    भण्डारी र सेञ्चुरी साङ्गितिक क्षेत्रका जोडीका रुपमा पनि चिनिनुहुन्छ । उहाँहरुले एकसाथमा धेरै गीतहरु गर्नुभएको छ । तर भण्डारीले निर्देशन गरेको गीतमा सेञ्चुरीले अभिनय गरेको यो पहिलो गीत हो ।

    गीतमा माया गरेकी आफ्नी मायालुलाई बाध्यताले छोड्नुपरेको भावलाई समेटिएको छ । एकअर्काबीच माया हुँदाहुँदै पनि बाध्यताले छुट्टिनपरेको कथालाई सेञ्चुरी र गुरुङले अभिनयमार्फत उतारेका हुन् । 


    मंगलवार, माघ २० २०७७०२:५७:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij