Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

इन्डोनेशियामा शक्तिशाली भूकम्प, कम्तिमा ३४ जनाको मृत्यु

इन्डोनेशियामा शक्तिशाली भूकम्प, कम्तिमा ३४ जनाको मृत्यु

  • शुक्रवार, माघ २ २०७७

  • 1.0K
    SHARES

  • इन्डोनेशियामा शक्तिशाली भूकम्प, कम्तिमा ३४ जनाको मृत्यु

    इन्डोनेशियाको सुलावेसी टापूमा स्थानीय समयअनुसार शुक्रबार बिहान ६ दशमलव २ रेक्टर स्केलको भूकम्प जाँदा कम्तिमा ३४ जनाको मृत्यु भएको छ।

    भवनहरु भत्किँदा ६ सय जनाभन्दा धेरै घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

    भूकम्पको केन्द्रविन्द्रू मेजीन शहरको उत्तरपूर्वतर्फ ६ किलोमिटर टाढा रहेको अधिकारीहरुले जनाएका छन्।

    भूकम्पपछि कम्तिमा १५ हजार जनाले घर छाडेका छन् । मेजिनको उत्तरतर्फ अस्पताल भवन भत्कदाँ दर्जनौं बिरामी र कर्मचारीहरु भग्नावशेषमै पुरिएका छन् ।

    अहिलेसम्म मामुजुमा कम्तिमा २६ जना तथा पश्चिमी सुलावेसीमा कम्तिमा ८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । ‘यो संख्या बढ्न सक्छ । तर नबढोस् भन्ने हाम्रो कामना छ । धेरै मृतकहरुलाई भग्नावेशषमै पुरिदैँछ,’ मामुजु विपद् व्यवस्थापन एजेन्सीका अली रहमानले भने।

    अनलाईनमा पोस्ट गरिएका तस्विर र भिडियोले क्षतिग्रस्त भवन र ध्वस्त संरचनामा पुरिएकाहरुको अवस्था देखाउँछ । भूकम्पका कारण विद्युतको आपूर्ति बन्द भएको तथा पश्चिम सुलावेसीस्थित एक होटल र गर्भनरको कार्यालयमा ठूलो क्षति भएको विपद् व्यवस्थापन एजेन्सीले जनाएको छ।


    शुक्रवार, माघ २ २०७७०५:४१:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij