Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

विश्वभर एकैदिन थपिए २ लाख २८ हजारभन्दा बढी कोरोना संक्रमित

विश्वभर एकैदिन थपिए २ लाख २८ हजारभन्दा बढी कोरोना संक्रमित

  • शनिवार, आषाढ २७ २०७७

  • 1.2K
    SHARES

  • विश्वभर एकैदिन थपिए २ लाख २८ हजारभन्दा बढी कोरोना संक्रमित

    विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोनाका कारण ५ लाख ५९ हजार ४ सय ८१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर २ लाख २८ हजार १ सय २ जना कोरोना संक्रमित थपिएका छन् ।

    विश्व स्वाथ्य संगठन(डब्लूएचओ) का अनुसार पछिल्लो २४ घण्टामा अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकामा सबैभन्दा बढी संक्रमित थपिएका हुन ।
    यसभन्दा पहिले जुलाई ४ मा एकैदिन २ लाख १२ हजार ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरले जनाएअनुसार अहिलेसम्म विश्वभर एक करोड २४ लाख ६१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    संक्रमण पुष्टि भएकामध्ये ६८ लाखभन्दा बढी निको भएका छन् । कोरोनाबाट सबैभन्दा प्रभावित अमेरिकामा अहिलेसम्म एक लाख ३४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने ३१ लाख ८२ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

    दोस्रो स्थानको ब्राजिलमा संक्रमितको संख्या १८ लाख नाघेको छ भने ७० हजारभन्दा बढीको मृत्यु भएको छ । संक्रमणका हिसाबले तेस्रो स्थानमा रहेको भारतमा संक्रमितको संख्या करिब ८ लाख पुगेको छ । आज बिहानसम्म भारतमा २१ हजार ६ सय ४ जनाको मृत्यु भएको छ भने करिब ५ लाख निको भएर घर फर्किएका छन् ।


    शनिवार, आषाढ २७ २०७७११:४१:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij