काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लगातार नयाँ उचाइ कायम गर्दै अगाडि बढेको छ । नेप्से एकपछि अर्को नयाँ रेकर्ड कायम गर्दै अगाडि बढेको हो । आजै मात्र नेप्सेले कारोबार अवधिभित्रको सबैभन्दा उच्च विन्दू पुगेर २१५० अंकको विन्दू पार गरेको छ ।
चेप्से कारोबार खुलेको २२ मिनेटमै ४१.६४ अंकले बढेर कारोबार अवधिभित्रको यसअघिको उच्च विन्दू २१२८.८५ अंकबाट माथि लागेको छ । करिब दिउँसो २ बजेको समयमा चेप्से ६६.३८ अंकले बढेर २१५३.६५ अंकमा पुगेको छ ।
यस अवधिमा नेप्सेमा २०५ कम्पनीको ८६ लाख २८ हजार ००८ कित्ता सेयर किनबेच भएको छ भने चार अर्ब एक करोड ९० लाखको कारोबार भएको छ ।