काठमाडौं । पत्रकार सन्तोष जिवीले निर्देश्न गरेको पहिलो गीत बजारमा आएको छ । गायिका बसन्ता प्रकृतीको स्वरमा रहेको ‘कलकल बग्ने’ बोलको राष्ट्रभावको गीतको म्युजिक भिडियोलाई पत्रकार सन्तोषले निर्देश्न गरेका हुन् ।
दिपक शर्माको शव्द तथा संगीतमा रहेको गीतको म्यूजिक भिडियो निर्देशन सन्तोष जिविले गरेका छन् ।
राष्ट्र र राष्ट्रियता भाव प्रकट गरिएको गीतको भिडियोमा रेश्मा घिमिरेसंगै चेतन घिमिरे, सभ्यता घिमिरे, छाँया दर्नाल, सासा पौडेल, रितुस्मा केसी, सन्जु गान्धारी, अनुसा शाही र आरोही गान्धारीको अभिनय देख्न सकिन्छ । गीतमा समिर थोकरको कोरियोग्राफी रहेको छ ।
आमोश तामाङको संगित संयोजन रहेको गीतको भिडियोको सम्पादन अविनाश डिसीले गरेका छन् भने छायाँकन डेनिश खनालको छ ।
गीतलाई ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको छ ।