Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

ठाकुरप्रसाद लामिछानेको पुस्तक 'चिल्लीबिल्ली' बजारमा

ठाकुरप्रसाद लामिछानेको पुस्तक 'चिल्लीबिल्ली' बजारमा

  • शनिवार, मंसिर २० २०७७

  • 1.8K
    SHARES

  • ठाकुरप्रसाद लामिछानेको पुस्तक 'चिल्लीबिल्ली' बजारमा

    काठमाडौं । ठाकुरप्रसाद लामिछानेको पुस्तक 'चिल्लीबिल्ली' बजारमा आएको छ । वि.सं २०७२ सालमा नेपालमा आएको महाभूकम्पले निम्त्याएको मानवीय संवेदना र भौतिक क्षतिलाई पुस्तकमा विश्लेषणात्मक रुपमा प्रस्तुत गरीएको छ ।

    लेखन कार्यमा क्रियाशील लामिछानेको यो पहिलो प्रकाशित कृति हो । भूकम्प पश्चात मानिसलाई परेका पिडाहरु, भौतिक रुपमा भएका क्षतिहरु, राहत बाड्दा तथा सर्वेक्षण गर्दा भएका विभिन्न कमीकमजोरीहरु, भूकम्प पश्चात् गरीब तथा पिछडीएका समूदायले भोग्नु परेको समस्या लगायतका विषयवस्तुहरुलाई पुस्तकमा शुक्ष्म रुपमा विश्लेषण गरीएको छ ।

    भूकम्प गएको केही समयसम्म भूकम्पीय जोखीमका विषयमा विभिन्न चर्चा परीचर्चा हुने गरेको भएपनि समय बितेसंगै ठूला–ठूला भवनहरु बन्ने क्रम नरोकिने, भूकम्प प्रतिरोधी घर नबन्ने लगायतका कार्य दुःखद भएकाले सो बारे पनि पुस्तकले सचेत गराएको छ ।

    नेपाल भूकम्पीय दृष्टीकोणले जोखीममा रहेको अवस्थामा भूकम्पबारे चेतना दिनुका साथै मानवीय तथा भौतिक क्षति कम गर्न पुस्तकले सघाउ पुर्याउने लेखक लामिछानेको विश्वास छ । शिक्षण पेशामा समेत आबद्ध रहेका लामिछानेले पुस्तकले नेपाल र नेपालीको कल्याण गर्ने विश्वास व्यक्त गरे ।


    शनिवार, मंसिर २० २०७७०९:४३:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij