कोरोना कहरले मानिसको ‘हेल्दी रुटिन’लाई अस्तव्यस्त बनाइदियो । कोरोना फैलिएसँगै गरिएको लकडाउनले अधिकांश मानिस घरभित्रै गुम्सिनुपर्ने स्थिति सिर्जनासमेत भयो छ । साथै, आर्थिक र रोजगारीको संकटले मानसिक तनावसमेत झेल्नुपरिरहेको छ । यद्यपि, हाम्रा यस्ता तनाव हटाउन सक्ने क्षमता प्रकृतिसँग छ ।
विज्ञका अनुसार कम्तीमा हामी दिनको दुई घन्टा प्रकृतिसँग नजिक हुन सकेमा मात्र पनि लाभदायी हुन सक्छ । कृषि र बचैँगा प्राचीनकालदेखि नै प्रकृतिसँग नजिक रहेका पेसा हुन् । यसकारण पनि यी पेसामा रहेका मानिस मानसिक रूपमा स्वस्थ हुने गर्छन् । अहिले कोरोनाले निम्त्याएको तनाव कम गरी मानसिक रूपमा स्वस्थ रहन हामी यस्ता उपाय अपनाउन सक्छौँ ।
हाम्रो वरपर रहेका रूख–बिरुवा नजिक जाने, बस्ने गर्नुपर्छ । साथै, ती रुख–बिरुवामा भएका परिवर्तनलाई नियमित रूपमा नियाल्ने गर्न सकिन्छ । घरमै पनि गमला तथा कसेराबारीमा बोट–बिरुवाको हेरचाह गर्न सकिन्छ । यसले मस्तिष्कमा सकारात्मक तरंग पैदा गर्छ ।
घरमा रहँदा कोठाको झ्याल खुला राख्ने गर्नुपर्छ । जसले गर्दा चराचुरुंगी र प्राकृतिक स्वच्छता महसुस गर्न सकिन्छ । बिहान–बेलुका घरनजिकैका प्राकृतिक बचैँगा वा वनजंगलमा भौतिक दूरी कायम राखेर केही समय हिँडडुल गर्नु उचित हुन्छ ।
साँझको समय केहीबेर मन्द हावामा रहनु निकै प्रभावकारी हुन्छ । साथै, बिहानको घाममा शरीरलाई सेक्दा पनि आनन्दको महसुस हुन्छ, जसले शरीरको ऊर्जालाई रिचार्ज गर्छ ।
अहिले घरका भित्तामा फरकखालका ‘वाल पेन्टिङ’ गर्ने संस्कृति सुरु भएको छ, यसले पनि प्रकृतिसँगको निकटतामा टेवा पु¥याउन सक्छ ।
कोरोनासँगै प्रकृतिले पनि आपूmलाई पुनर्जागरण गर्न पाएको छ । यसको प्रत्यक्ष प्रभाव मानिसमा देख्न सकिन्छ । प्रकृतिसँगको निकटताले मानिसलाई खुसी र ऊर्जाशील रहन मद्दत गर्छ । त्यसैले होला खुलेका आकाश, सुन्दर बादल, हिमाल, पहाड र वर्षा भएको फोटो, भिडियो खिचेर सामाजिक सञ्जालमा राखेको पाइन्छ ।
(एजेन्सीको सहयोगमा)