एजेन्सी । भारतमा नयाँ कृषि कानुनको विरोधमा किसानको प्रदर्शनले विशाल रुप लिएको छ ।
भारतका किसान अहिले ‘दिल्ली चलो’ मार्च गरिरहेका छन् । किसानहरु विभिन्न राज्यबाट ठूलो संख्यामा अघि दिल्लीतर्फ बढेका छन् ।
प्रहरीले प्रदर्शनमा सहभागी किसानलाई फिर्ता पठाउन बल प्रयोगसहितका कोशिश गरे पनि सफल भएको छैन । आन्दोलित किसानहरुले सडकमै रात बिताएका छन् ।
केन्द्रीय कृषिमन्त्री नरेन्द्र तोमरले किसानसँग आन्दोलन स्थगित गर्न अपिल गर्दै सरकार वार्ताका लागि तयार रहेको बताएका छन् । अकाली दलका प्रमुख सुखवीर सिंह बादलले किसानको विपक्षमा रहेका कानुन अन्त्य हुने तय नभएसम्म आन्दोलन नरोकिने बताएका छन् ।