काठमाडौं । पछिल्लो समय नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सांगितिक बजारमा सार्वजनिक भइरहेका छन्। सोही क्रममा गायक गणेश आलेको नयाँ गीत “सुका मोहोर” सार्वजनिक भएको छ। “सुका मोहोर”मा गणेश आले र देबी घर्तीको स्वर रहेको छ, भने अर्जुन थापाको शब्द, संगीत, एरेञ्ज रहेको छ।
गीतको भिडियोमा अर्जुन थापाले निर्देशन गर्नुभएको छ । त्यसैगरी समिर थोकरको कोरियोग्राफी, सुशिल डाँगीको छायांकन तथा सम्पादन छ। उक्त गीतको भिडियोमा गणेश आले र आरुशी मगरको अभिनय हेर्न पाइने पत्रकार राजकुमार रायमाझीले जानकारी दिनुभयो । गीतलाई ओएसआर युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।