काठमाडौं। बि.सं. २०५५ सालमा स्याङ्जामा जन्मिएका हरिप्रसाद ढकाल सानै उमेरमा सफल सिनेमाटियो ग्राफरको रुपमा स्थापीत बन्न सफल भएका छन् । सानैदेखि सिनेमा क्षेत्र निकै रुचि भएका ढकाल शहर पसेर आफ्नो इच्छालाई साकार पार्ने सपना बोकेका थिए ।
गाउँमा एस.एल.सि पास भइसकेपछि शहर प्रबेश गरेका ढकाल बिगत १० बर्षदेखि सिनेमा क्षेत्रमा कार्यरत छन । स्पोट ब्वाइ क्यामरा ट्रेक हुदै क्यामरा म्यान सम्म आइपुग्दा उनले २ सयभन्दा बढि म्युजिक भिडियो र ९० भन्दा बढि विज्ञापन तथा र पाँच ओटा भोजपुरी फिल्ममा समेत काम गरिसकेका छन ।
साथै उनले काम गरेका ३ ओटा नेपालि फिल्म र ३ ओटा जापानिज फिल्म रिलिज हुने क्रममा छन् भने एउटा जापानिज फिल्म अबको एक बर्षपछि नेटफ्क्सिमा आउने खबरले ढकाल निकै खुसि भएको बताउछन ।
यस्ता अन्तर्राष्ट्रिय परियोजनामा संलग्न हुन पाउँदा आफू निकै उत्साहित भएको बताउँदै ढकालले समस्या र चुनौतिलाइ आत्मसाथ गर्दै सिनेमा क्षेत्रमा एक दशक पार गरिसकेको र संङ्घर्ष गर्दै सिनेमा क्षेत्रमा भबिष्य खोजिरहेकोले बाँकि जिबन पनि यही क्षेत्रलाइ नै समर्पण गर्ने बताउछन् ।
ढकाल भन्छन्, ‘समस्या र चुनौतीलाई आत्मसात गर्दै यहाँसम्म आइपुगेको छु । सिने क्षेत्रमा अझ धेरै सिक्न बाँकी छ र बाँकी जीवन यही क्षेत्रमा समर्पण गर्ने सोच बनाएको छु।’
कक्षा पाँचसम्म अध्ययन गरेका ढकाल पोखराबाट एसएलसी उत्तीर्ण गरेपछी भारतमा गएर कक्षा १२ र बिबिएससम्मको अध्ययन गरेका थिए । निरन्तर प्रयास र समर्पणले सफलतातर्फ उन्मुख हुनेमा आशावादी रहेका ढकाल नेपाली सिने क्षेत्रलाई नयाँ उचाइमा पु¥याउने विश्वासका साथ अघि बढिरहेका छन् ।