Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

आवासीय चिकित्सकहरुले काठमाडौंमा आन्दोलन गर्ने

आवासीय चिकित्सकहरुले काठमाडौंमा आन्दोलन गर्ने

  • सोमवार, माघ २१ २०८१

  • 670
    SHARES

  • आवासीय चिकित्सकहरुले काठमाडौंमा आन्दोलन गर्ने

    काठमाडौं । आन्दोलनरत आवासीय चिकित्सकहरूले काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा गरेका छन् । सरकारले घोषण गरेको पारिश्रमिक विरुद्ध विगत ६ दिनदेखि आन्दोलन गर्दै आएको स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिले भोलिदेखि देशभरका चिकित्सकहरूलाई काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा गरेको हो ।
    नेपालका विभिन्न मेडिकल कलेजमा अध्ययनरत रेजिडेन्टहरूको हकहितका लागि आवाज उठाउँदै आन्दोलन गर्दै आएको समितिले आज एक विज्ञप्ति जारी गर्दै देशभरका डाक्टरहरूलाई माइतीघर मण्डलामा आएर आन्दोलनमा सहभागी हुन अनुरोध गरेको छ।

    छैटौँ दिनसम्म आन्दोलन गर्दा समेत राज्य मौन बसेको भन्दै देशैभरका सम्पूर्ण इन्टर्न, मेडिकल अफिसर, रेजिडेन्ट चिकित्सकहरू मिलेर काठमाडौँ केन्द्रित आन्दोलन गर्न लागिएको र माग पुरा नहुँदासम्म सेतो कोटमा माइतीघर मण्डलामा उपस्थित हुने समितिका प्रवक्ता डाक्टर सञ्जय बरालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    उक्त आन्दोलनमा चिकित्सा शास्त्र अध्ययन गरिरहेका विद्यार्थी, चिकित्सक तथा चिकित्सकका अधिकार स्थापित गर्न स्थापना भएका सङ्घ सङ्गठनहरूलाई सहभागिताका लागि अनुरोध गरिएको छ ।

     


    सोमवार, माघ २१ २०८१०७:३१:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij