Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

'पाल्पाली टोपी लाउने मेरै माया हुन्' बोलको गीत सार्वजनिक (भिडियोसहित)

'पाल्पाली टोपी लाउने मेरै माया हुन्' बोलको गीत सार्वजनिक (भिडियोसहित)

  • शनिवार, चैत्र १० २०८०

  • 1.4K
    SHARES

  • 'पाल्पाली टोपी लाउने मेरै माया हुन्' बोलको गीत सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । पछिल्लो समयकी चर्चित गीतकार प्रभा बर्तौलाको नयाँ गीत सार्वजनिक भएको छ।

    छुट्न लागेर पो रहेछ क्यारे, पिरतीको एउटा कथा, सारा संसार एकातर्फी, पिरतीको पाइला जस्ता चर्चित गीतकी रचयिता बर्तौलाको नयाँ गीत 'डाँडापारी जुन' सार्वजनिक भएको हो। गीतमा केटीले -'डाँडापारी जुन, पाल्पाली टोपी लाउने मेरी माया हुन्' भनेका छन् भने केटाले -'डाँडापारी जुन निधारमा टिका लाउने मेरी माया हुन्' भनेका छन् ।

    चर्चित गायक थानेश्वर गौतमको अफिसियल च्यानलबाट सार्वजनिक भएको गीतमा उनकै संगीत र स्वर रहेको छ। स्वरमा उनलाई मिठो स्वर भएकी गायिका सविता बस्नेतले साथ दिएकी छिन् । गीतमा प्रभात पल ठकुरी, सम्पदा अमगाईं, युवराज भट्टराईलगायतको मार्मिक अभिनय रहेको छ।


    शनिवार, चैत्र १० २०८००९:२३:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij