Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

पाकिस्तानमा स्थिर सरकारको आवश्यकता छ : सेना प्रमुख मुनीर

पाकिस्तानमा स्थिर सरकारको आवश्यकता छ : सेना प्रमुख मुनीर

  • शनिवार, माघ २७ २०८०

  • 990
    SHARES

  • पाकिस्तानमा स्थिर सरकारको आवश्यकता छ : सेना प्रमुख मुनीर

    काठमाडौं । पाकिस्तानी सेना प्रमुख जनरल असिम मुनीरले आम चुनाव २०२४ सफल रूपमा सम्पन्न भएकोमा जनतालाई बधाई दिएका छन्। उनले अराजकता र विभाजनको राजनीतिबाट देशलाई अगाडि बढाउन स्थिर सरकारको आवश्यकता रहेको बताए ।

    पाकिस्तानी सेनाको जनसम्पर्क विभाग आईएसपीआरका अनुसार सेना प्रमुखले २५ करोड जनसंख्या भएको विकासशील पाकिस्तानका लागि विभाजन र अराजकता राम्रो नभएको बताए । उनले चुनाव जित–हारको कुरा नभएर जनताको जनादेश निर्धारण गर्ने अभ्यास भएको बताए ।

    मुनीरले राजनीतिक दलका नेता तथा कार्यकर्ताले व्यक्तिगत स्वार्थ छाडेर सरकार र जनताको सेवा गर्ने प्रयास गर्नुपर्ने बताए । लोकतन्त्रको वास्तविक अर्थ यही भएको उनको जिकिर थियो ।

    पाकिस्तानको नेशनल एसेम्बलीको २६६ सिटमा बिहीबार भएको मतदानपछि नतिजा आउने क्रम जारी छ । अहिलेसम्मको नतिजामा इमरान खानको पार्टी पीटीआईले समर्थन गरेका ८७ स्वतन्त्र उम्मेदवार विजयी भएका छन् भने नवाज शरीफको पीएमएल (एन)का ७४ उम्मेदवार विजयी भएका छन् ।

    पीपीपीले ५१ सिटमा जित हासिल गरेको छ भने अन्य उम्मेदवारले ३५ सिटमा जित हासिल गरेका छन् । पाकिस्तानको निर्वाचन आयोगले अहिलेसम्म अन्तिम नतिजा घोषणा गरेको छैन ।


    शनिवार, माघ २७ २०८००२:३५:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij