Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

‘बहिनी’ संगै यस्तो अवस्थामा देखिए चिरञ्जिवी सापकोटा (भिडियोसहित)

‘बहिनी’ संगै यस्तो अवस्थामा देखिए चिरञ्जिवी सापकोटा (भिडियोसहित)

  • सोमवार, कार्तिक ३ २०७७

  • 2.1K
    SHARES

  • ‘बहिनी’ संगै यस्तो अवस्थामा देखिए चिरञ्जिवी सापकोटा (भिडियोसहित)

    काठमाडौं । संचारकर्मी तथा कलाकार चिरञ्जिवी सापकोटाको अभिनयमा 'बहिनी' बोलको गीत सार्वजनिक भएको छ।

    एसथ्रीके इन्टरटेन्मेन्टको प्रस्तुत गरेको उक्त गीतमा दाजु बहिनीबिचको मायालाई समेटिएको छ । गीतमा बहिनीसँग बिछोडिएका सापकोटालाई वक्षिप्त अवस्थामा देख्न सकिन्छ।

    उनकी बहिनीको रुपमा कलाकार सुजल बम देखिएकी छन्। यस्तै गीतमा समीक्षा पोखरेल, दिनेश कठायत, अर्जन विकलगायत कलाकारको भूमिका देख्न सकिन्छ। १३ मिनेट बढी समयको उक्त भिडियोमा परिवारमा बहिनीसँगको घुलमिलदेखि अन्य विषयलाई समेटिएको छ।

    भिडियो परिकल्पना तथा शब्द सतिश अधिकारीको रहेको छ। स्वर, संगीत तथा एरेन्ज हेमन्त कान्छा रसाइलीको छ। भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुुन्।

    सापकोटा पछिल्लो समय कलाकारितामा बढी सक्रिय देखिन्छन्। कोरोना भाइरस माहामारी नियन्त्रण तथा रोकथामका लागि मुलुकमा जारी गरिएको लकडाउनका बेला गायनबाट कलाकारिता यात्रा सुरु गरेका सापकोटा म्युजिक भिडियोमा अब्बल अभिनय गर्न सक्ने कलाकारका रुपमा परिचित हुँदै गएका छन्।

     

     

     


    सोमवार, कार्तिक ३ २०७७०७:१४:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij