Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

मुलुकमा बढ्दै गएको भ्रष्टाचारका कारण देश थिलथिलो बन्दै, नेताहरूकै संरक्षणमा बिचौलिया बढेको भन्दै चौतर्फी आलोचना (खास खबर)

मुलुकमा बढ्दै गएको भ्रष्टाचारका कारण देश थिलथिलो बन्दै, नेताहरूकै संरक्षणमा बिचौलिया बढेको भन्दै चौतर्फी आलोचना (खास खबर)

 आफन्तमार्फत ढुकुटीमा नजर 
  • बुधवार, पौष ४ २०८०

  • 669
    SHARES

  • मुलुकमा बढ्दै गएको भ्रष्टाचारका कारण देश थिलथिलो बन्दै, नेताहरूकै संरक्षणमा बिचौलिया बढेको भन्दै चौतर्फी आलोचना (खास खबर)
    काठमाडौं । पछिल्लो समय मुलुकमा बढ्दै गएको भ्रष्टाचारका कारण देश थिलथिलिएको छ । स्थापित दल भागबण्डाको राजनीतिमा होमिएपछि जनतामाथि ठूलो कुठाराघात हुँदै गएको हो । समानुपातिकका नाममा परिवारका नातेदारहरूको भरणपोषण, विभिन्न संवैधानिक नियुक्तिमा दलकै भागबण्डाका कारण यहाँको प्रणालीमाथि नै चुनौती थपिँदै गएको छ । भ्रष्टाचारको छानबिन गर्ने निकायमै भागबण्डा, न्यायालयमा भागबण्डा हुने गरेकै कारण मुलुकका प्रशासनिक निकाय कमजोर बन्दै गएका हुन् । पूर्वसचिव शारदाप्रसाद त्रितालका अनुसार दलहरूको अकर्मण्यताका कारण भ्रष्टाचार बढ्दै गएको छ । नेताहरूले देशलाई भ्रष्टाचार मुक्त बनाउन नभई आफू र आफ्नाहरूले गरेका कुकृत्यलाई सफाइ दिने काम गरेको त्रितालको दाबी छ । 
     
    भ्रष्टाचार अन्त्य गर्नका लागि दोषी जो सुकै भएपनि कारबाहीको दायरामा आउन जरुरी हुन्छ । तर, यहाँ आफन्तको मुख हेर्ने प्रवृत्तिका कारण तस्कर र भ्रष्टाचारीहरूको बिगबिगी रहेको छ । नेपाली कांग्रेसका नेता देवेन्द्रराज कंडेलले भ्रष्टलाई संरक्षण गर्न नहुने स्पष्ट पार्नुभयो । प्रणालीको दोष नभई व्यक्तिको चरित्रले देश डुबाएको उहाँको भनाइ छ । 
     
    नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री शेरबहादुर तामाङले ठूलो आकारको भ्रष्टाचारमा उन्मुक्ति पाउने ट्रेण्ड बसेको दाबी गर्नुभयो । भ्रष्टाचारीलाई कारबाही गरेर यसको अन्त्य हुने नभई भ्रष्टाचारीलाई कारबाही गर्ने निकायहरू पारदर्शी हुन जरुरी छ । 
     
    विश्व परिदृश्यमा अल्पविकसित राष्ट्रहरूमा भ्रष्टाचार नराम्ररी जरो गाडेर बसेको छ । विश्वका अतिकम विकसित मुलुकहरूमध्येमा पर्ने नेपाल पनि यस रोगबाट अछुतो छैन । नेपालमा भ्रष्टाचारबारे जे जति अध्ययन र चर्चा गरिन्छन् तिनीहरू बढीजसो आर्थिक पक्षमा नै केन्द्रित रहेका पाइन्छन् । नेपालमा भ्रष्टाचारको चर्चा गर्दा राणाकाल अघिको समयको खासै चर्चा पाउन सकिएको छैन तथ्यहरू केलाउँदा के पाइन्छ भने तत्कालीन राणा शासकहरूले जनताको ठूलो आर्थिक र सामाजिक शोषण गरेका थिए र राष्ट्रको ढुकुटीमाथि हालीमुहाली गरी आफ्ना लागि ठूला ठूला महल बनाउने र विलासी कार्यमा राष्ट्रिय सम्पत्तिको दुरुपयोग गरेको पाइन्छ । त्यही स्थितिलाई जनताका नेता भन्ने अहिलेका शासकले पनि अवलम्बन गर्दै आएका छन् । 
     


    बुधवार, पौष ४ २०८००७:५५:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij