Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आडवाणीसहित बाबरी मस्जिद प्रकरणका सबै आरोपीले पाए सफाइ

आडवाणीसहित बाबरी मस्जिद प्रकरणका सबै आरोपीले पाए सफाइ

  • बुधवार, आश्विन १४ २०७७

  • 858
    SHARES

  • आडवाणीसहित बाबरी मस्जिद प्रकरणका सबै आरोपीले पाए सफाइ

    एजेन्सी । भारतको लखनउस्थित केन्द्रीय अनुसन्धान ब्युरोको विशेष अदालतले सन् १९९२ मा हिन्दू प्रदर्शनकारीहरुले भत्काएको बाबरी मस्जिदमा सुनियोजित नभएको भन्दै आरोप लागेका सबैलाई निर्दोष भएको फैसला सुनाएको छ ।

    अदालतले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का नेता लालकृष्ण आडवाणीसहितका नेतालाई पर्याप्त प्रमाण नभएको भन्दै सफाइ दिएको हो ।

    केन्द्रीय अनुसन्धान ब्युरोको विशेष अदालतले २८ वर्ष पुरानो मुद्दामा सुनाएको फैसलामा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका आडवाणीसहित सबै ३२ अभियुक्त निर्दोष रहेको उल्लेख गरिएको छ ।

    ३२ जनालाई नै १६ औं शताब्दीमा बनेको बाबरी मस्जिद भत्काएको आरोपमा आपराधिक गतिविधिमा मुद्दा दायर गरिएको थियो । बाबरी मस्जिद लखनउभन्दा १३५ किलोमिटर टाढा रहेको अयोध्यामा अवस्थित थियो ।

    सन् १९९२ मा भएको धार्मिक दंगाको क्रममा हिन्दुवादीहरुले यो मस्जिद भत्काइदिएका थिए । यो क्रममा भएको हिंसामा करिब दुई हजार मानिसको मृत्यु भएको थियो ।

     


    बुधवार, आश्विन १४ २०७७०७:०७:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij