Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भारतका पूर्वमन्त्री सिंहको निधन

भारतका पूर्वमन्त्री सिंहको निधन

  • आइतवार, आश्विन ११ २०७७

  • 1.2K
    SHARES

  • भारतका पूर्वमन्त्री सिंहको निधन

    एजेन्सी । भारतका पूर्वकेन्द्रीयमन्त्री जसवन्त सिंहको आज निधन भएको छ । ६ वर्षदेखि कोमामा रहेका सिंहको आज नयाँदिल्लीस्थित आर्मी अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    ८२ वर्षीय सिंह ६ वर्षअघि बाथरुममा लडेर टाउकोमा चोट लागेपछि अस्पताल भर्ना भएका थिए । त्यही बेलादेखि उनी कोमामा थिए ।

    भारतीय जनता पार्टीका संस्थापक सदस्य सिंह अटल बिहारी वाजपेयी नेतृत्वको सरकारमा विदेश, रक्षा तथा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै पूर्वमन्त्री सिंहको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

     


    आइतवार, आश्विन ११ २०७७०४:५०:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij