काठमाडौं । आज विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन ५ तारिखमा यो दिवस मनाउने गरिएको छ ।
सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । यस वर्ष ‘प्लास्टिक प्रदूषण विरुद्ध लागौँ’ भन्ने राष्ट्रिय नाराका साथ विश्व वातावरण दिवस मनाएको छ । यसैक्रममा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले पनि टोखास्थित आफ्नो केन्द्रिय भवन परिसरमा सरसफाई गरेर विश्व वातावरण दिवस मनाएको छ ।
प्रतिष्ठानकी अध्यक्ष रिता थापामगर, पुर्व अध्यक्ष दुर्गा रायमाझी, पुर्व अध्यक्ष चन्द्र शर्मा, सल्लाहकार पृथ्वी थकाली, उपाध्यक्ष सुवास केसी, दिपक खड्का, कृष्ण रेउले, कार्यवाहक महासचिव सीरिस देवकोटा, कोषाध्यक्ष अमृत अधिकारी लगायत केन्द्रिय कार्यसमिति परिवार साथै बागमति प्रदेश अध्यक्ष बासु सिमखडा, उपत्यका समन्वय समितिका अध्यक्ष अर्जुन थापामगर सँगै विभिन्न समितिबाट उल्लेख्य सहभागिता रहेको प्रतिष्ठानका सञ्चार समन्वय विभागका प्रमुख राजकुमार रायमाझीले जानकारी दिनुभयो ।