काठमाडौं । शिव हमाल भन्नासाथ लोक तथा दोहोरी क्षेत्रमा सबैले रुचाएको र परिचित नाम हो । हमालका शब्द, संगीतमा बजारमा आएका सबै गीतहरुले दर्शकश्रोताले उत्तिकै माया पाका छन् । यहिक्रममा उहाँको शब्द संगीतमा दशैं बिशेष गीत 'गाँवै रमाइलो' सार्वजनिक भएको छ । गायिका सविता परियार र गायक विमल परियारको स्वरमा रहेको गीतमा हमालले पहिलोपटक अभिनय तथा नृत्य गरेका छन् ।
हमालसंगै गीतमा कृष्ण रेउले, रमेश बाबु थापा, अर्जुन खड्का, मोडल रिना थापा, रितु तामाङ, अस्मीता राना, अर्चना काउचा, निशा मगर, सञ्जिता राना, कमल–नारायणी, प्रियंका नेपाली, रबिन ठकुरी, विमला गुरुङ, शरद एलजी, हरि घिमिरे, रमेश खाँण, सुमित्रा खाँण, अकवर खाँण र राजकुमार अधिकारी लगायत धेरै कलाकारहरुले अभिनय गरेका छन् । दशैं बिशेष गीतमा गाउँघरको रमाईलो दृश्यलाई समेटिएको छ ।
नृत्य र अभिनयमा पहिलो अनुभव भएकाले दर्शकश्रोताको माया पाउनेमा आफु ढुक्क भएको हमालले बताए । अनय गीतजस्तै यो गीतलेपनि सबैको मन जितोस हाम्रो शुभकामना ।
सर्जक हमालकै युट्यूब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको छ । उक्त भिडियोलाई बिक्रम चौहानले निर्देशन गर्नुका साथै राजेश घिमिरेको छायांकन तथा लक्ष्मण चौहानले सम्पादन गरेका हुन् ।