Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रामु, नेत्र र सुमनको 'दुर्भाग्य' (भिडियोसहित)

रामु, नेत्र र सुमनको 'दुर्भाग्य' (भिडियोसहित)

  • बुधवार, भाद्र ३१ २०७७

  • 2.0K
    SHARES

  • रामु, नेत्र र सुमनको 'दुर्भाग्य' (भिडियोसहित)

    काठमाडौं । नेपाली सांगितीक बजारमा यतिबेला दिनानुदिन फरम शैलीका गीतहरु बजारमा आाउनेक्रम बढिरहेका छन् ।  कोरोना भाईरसको प्रभाव गीतसंगीत क्षेत्रमापनि पर्यो तरपनि बिचका केहिदिनमा गीतहरु बजारमा आउन केहिकम भएपनि अहिले भने लगातार जसो गीतहरु बजारमा आउने काम भैरहेका छन् ।

    यहिक्रममा लोक तथा दोहोरी गायक, शब्द लेखक तथा संगीतकार रामु खड्का, नेत्र भन्डारी र सुमन परियारको 'दुर्भाग्य' सार्वजनिक भएको छ । गीतमा खड्का, भण्डारी र परियारसंगै गायिका लिला कुवँरको स्वर रहेको छ ।

    खड्का, भण्डारी र परियार र बिनोद बाजुरालीको शब्द तथा बाजुरालीको संगीत रहेको गीतमा आर्थिक अवस्था एकदमै कमजोर परिवारको बिचल्लीलाई कथामा उतारिएको छ । बिपन्न परिवार जसोतसो जिविकोपार्जन गरेर जिवन बाँचीरहेका हुन्छन् बाढिपहिरोले घरसंगै बुवाआमा लगिदिएपछि टुहुरा दुई दाजुभाईको बिचल्ली बनेको छ ।

    सोहि पहिरोमा परेर दाजुले खुट्टा गुमाउछन् । भाईले दुखसुख गरेर बाँचीरहेका परिवारमा भाई परदेशिएसंगै फेरि अर्को बिपत आईपर्छ । अपाङग दाई र श्रीमतीलाई छोडेर धन कमाउने सपना बोकेर परदेशिएका भाईको परदेशमै ज्यान जान्छ आकाशमा उडेर गएका भाई बाकसमा सुतेर आएपछि अर्को दुखान्त सुरु हुन्छ ।

    श्रीमानको मत्युपछि श्रीमतीलाई गाउँलेले हेर्ने कुदृष्टिमा परेर श्रीमती आफ्नो अस्मिता गुमाउछिन् दाईको मृत्यु हुन्छ । यि सबै पिडामा डुबेर श्रीमती पागल भएर कथाको अन्त्य भएको छ ।

    २० मिनेट लामो यो कथालाई कलाकार महेन्द्र गौतम, सुमन परियार, संचिता शाहि, प्रबिन भट्ट र रमेश सुवेदिले अभिनयमाार्फत उतारेका छन् । बाजुरालीको निर्देशनमा तयार पारिएको गीत मालती डिजिटल प्रालिको अफिसियल युट्युवमार्फत सार्वजनिक भएको छ ।

     


    बुधवार, भाद्र ३१ २०७७०८:२०:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij