Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

हेलिकप्टर दुर्घटनामा युक्रेनका गृहमन्त्री सहित १६ जनाको मृत्यु

हेलिकप्टर दुर्घटनामा युक्रेनका गृहमन्त्री सहित १६ जनाको मृत्यु

  • बुधवार, माघ ४ २०७९

  • 1.7K
    SHARES

  • हेलिकप्टर दुर्घटनामा युक्रेनका गृहमन्त्री सहित १६ जनाको मृत्यु
    काठमाडौं । युक्रेनमा भएको हेलिकप्टर दुर्घटनामा त्यहाँका आन्तरिक मामिला मन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । राजधानी किएभको पूर्वीउपनगरमा एउटा बालबालिका पढ्ने विद्यालय नजिकै हेलिकप्टर खसेको थियो ।
     
    मृत्यु हुनेमा २ जना बालबालिका छन् । १० जना बालबालिकासहित २२ जना घाइते भएका र उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको बीबीसीले जनाएको छ ।
     
    दुर्घटनामा परको हेलिकप्टर युक्रेनी आपत्तकालीन सेवाको रहेको प्रहरी प्रमुख इहोर क्लेमेन्कोले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
     
    हेलिकप्टर खसेपछि विद्यालयका बालबालिका र शिक्षकलाई सुरक्षित स्थानमा सारिएको छ ।
     


    बुधवार, माघ ४ २०७९०२:५६:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij