Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

यमपञ्चकको पाँचौँ दिन आज गोवर्द्धन, गोरु र हलिको पूजा गरिँदै

यमपञ्चकको पाँचौँ दिन आज गोवर्द्धन, गोरु र हलिको पूजा गरिँदै

  • मंगलवार, कार्तिक २५ २०८३

  • 9
    SHARES

  • यमपञ्चकको पाँचौँ दिन आज गोवर्द्धन, गोरु र हलिको पूजा गरिँदै

    काठमाडौँ । कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको पाँचौँ दिन आज गोवद्र्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ।आँगनमा लिपपोत गरी गाईको गोबरबाट पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वतका रूपमा पूजा गर्ने परम्परा छ । द्वापरयुगमा भगवान् श्रीकृष्णले आफ्नो हत्केलाले गोवद्र्धन पर्वत उचालेर गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पूजा गर्ने प्रचलन रहेको धर्मशास्त्रविद् प्रा। तोयराज नेपालले बताए ।
    कार्तिक शुक्ल प्रतिपदाका दिन सूर्योदय भएका दिन गोवद्र्धन पूजा गर्नुपर्ने धार्मिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्रा। डा। पुरुषोत्तम भट्टराईले बताए ।
    भगवान् विष्णुले बली राजालाई यमपञ्चकका पाँच दिन मर्त्यलोकको शासन गर्ने अधिकार दिएको धार्मिक विश्वासअनुसार आज बली राजाको पनि पूजा आराधना गरिन्छ । यही विश्वासका आधारमा तिहारमा देउसी खेल्नेले ‘हामी त्यसै आएनौँ, बली राजाले पठाए’ भन्दै भट्याउने परम्परा चलेको हो । वर्षभरि खेतबारी जोतेर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मीठा परिकार खान दिने चलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन साँढेका रूपमा समेत पूजा गर्ने परम्परा छ । यसैगरी, वर्षभरि गोरु जोतेर खेतीपाती गर्ने हलि तथा अन्य कृषि कर्ममा संलग्न किसानलाई पनि आज पूजा गरी मीठा परिकार खुवाउने गरिन्छ । त्यसैले आजको दिनलाई हलि तिहार पनि भनिन्छ ।


    मंगलवार, कार्तिक २५ २०८३०६:०६:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij