काठमाडौं । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिएसंगै तीजका गीतहरु बजारमा आउनेक्रमपनि दिनदिनै बढिरहेको छ । तर यो वर्ष तीज गीतलाईपनि कोरोनाले प्रभाव पारेको छ ।
विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाले नेपालमापनि निकै असर गरेको छ । कोरोनाका कारण तीजका गीत अघिल्लो बर्षको तुलनामा थोरै र केहि समय ढिला आईरहेका छन् । यहि क्रममा चर्चित लोक तथा दोहोरी गायिका राधिका हमाल पुनको ‘जीवन साथी ‘ बजारमा आएको छ ।
हमलालाई बिशेष गरेर तीजका गीतमा बढि सुन्न पाईन्छ । त्यसो त उहाँका अन्य लोकदोहोरी गीतहरुपनि उत्तिै चर्चित र रुचाईएका छन् । जीवन साथीमा बिबाहित महिलाले घरपरिवार र श्रीमानको प्रशंसा गरेको भावलाई बिशेषगरेर समेटिएको छ ।
जीवनसाथीले आफुलाई धेरै माया गरेको सासुससुरा, नन्ददेवरलगायत सबै परिवारले धेरै माया गर्ने भावलाई गीतमा देख्न अनि सुन्न सकिन्छ । शब्द तथा संगीत हमालकै रहेको गीतमा दिपाशा बिसी र मिनुज रानामगरको अनिभय तथा नृत्य देख्न सकिन्छ ।
म्युजिक बैंकको प्रस्तुतीमा रहेको गीत गायिका हमालको अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको हो । गीतले सबैको मन जितोस हाम्रो शुभकामना ।