Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

प्रकाश सपुतको शब्दमा बिनोद र सम्झनाको 'गण्डकी सलल' (भिडियोसहित)

प्रकाश सपुतको शब्दमा बिनोद र सम्झनाको 'गण्डकी सलल' (भिडियोसहित)

  • आइतवार, भाद्र २८ २०७७

  • 1.7K
    SHARES

  • प्रकाश सपुतको शब्दमा बिनोद र सम्झनाको 'गण्डकी सलल'  (भिडियोसहित)

    काठमाडौं । बिनोद भण्डारी भन्नसाथ 'कपलु कोरेर' बोलको गीत सबैभन्दा पहिला मानसपटलमा आउछ । 'कपलु कोरेर'मा लाहुरेको भेषमा चिटिक्क परेका जुंगा पालेका एक गाउँले युवक जस्ले बुढाबुढी बुवाआमा र श्रीमतीलाई छोडेर परदेशिएका थिए ।

    भण्डारी कपलु कोरेर गीत बजारमा आउनुभन्दापहिलापनि चिरपरिचत कलाकार हुन् । उनले गाएका, अभिनय गरेका गीतहरु बजारमा थुप्रै छन् । तर कपलु कोरेरले उनलाई अझैं बढि दर्शक श्रोताको नजरमा पारेको छ ।

    पछिल्लो समयमा निर्देशनमा आफ्नो दख्खल सावित गराउन सफल भण्डारीले निर्देशन गरेका गीतले दर्शकश्रोताले अत्यधिक माया पाएका छन् । यतिबेला उनि ब्यस्त निर्देकमा पर्छन् । भर्खरैमात्रै उनै भण्डारीको स्वरमा 'सलल गण्डकी' सार्वजनिक भएको छ ।

    भण्डारीसंगै गायिका सम्झना भण्डारीको पनि गीतमा स्वर रहेको छ । गीतमा गायक तथा सर्जक प्रकाश सपुतको शब्द संगीत रहेको छ ।

    'सलल गण्डकीबाट झलल बिजुली निस्केको, मायाले ज्यान दिन्छु भन्छ साच्चै होकी ख्यालख्यालमै जिस्केको' बोलको गीतमा गायक स्वयम् भण्डारीसंगै कपलु कोरेरकी सहयात्री जुना गुरुङको अभिनय रहेको छ ।

    गीतमा प्रेमि पे्रमिकालाई आफुलाई माया गर्छु भन्ने कुरा साच्चै होकी जिस्केकोहो भन्दै सोधेको, प्रेम ब्यक्त गरेको रमाइलो प्रसंगलाई समेटिएको छ । गीतमा बिनोद र जुनासंगै निश्चल अधिकारी, अस्मिता बिक र सुमित्रा गुरुङलाई देख्न सकिन्छ ।

    भण्डारीकै निर्देशन रहेको गीतलाई उनकै अफिसियल युट्युवमार्फत सार्वज्निक गरिएको हो । यो गीतले सबै दर्शकश्रोताको मन जित्न सफल रहोस हाम्रो शुभकामना ।

     

     

     


    आइतवार, भाद्र २८ २०७७०७:३०:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij