चिरन्जीवी भट्टराई
वेद विश्वका सबै धर्म ग्रन्थहरूको पिता हो । वेद बाट नै साभार गरेर अन्य धर्मशास्त्र का पुस्तक हरू निर्माण गरिएका हुन् । वेद हिन्दूहरूको सबैभन्दा ठूलो ग्रन्थ हो । वेद शब्द संस्कृत भाषा को “विद्” धातु बाट बनेको हो जसको अर्थ हो जान्नु, ज्ञान इत्यादि । वेद हिन्दू धर्मको प्राचीन पवित्र ग्रन्थहरूको नाम हो ।
वेदहरूलाई श्रुति पनि भनिन्छ, किनकि पहिले मुद्रणको व्यवस्था नभएकाले यिनको एक अर्का बाट सुनेर सम्झना राखियो यसप्रकार वेद प्राचीन भारतको वैदिक कालको वाचिक र श्रुतिश्रवण परम्पराको अनुपम कृति हो जुन पीढी दर पीढी चारपाँच हजार वर्ष देखि चली आइ रहेको छ । वेद नै हिन्दू धर्मको सर्वोच्च र सर्वोपरि धर्मग्रन्थ हो ।
धार्मिक मात्र नभएर ऐतिहासिक दृष्टिले पनि वेदहरूको असाधारण महत्व छ । वैदिक युगको आर्यको संस्कृति र सभ्यता जान्ने एकमात्र साधन यही हो । मानव जाति र विशेषतमा आर्य जातिले आफ्नो शैशवमा धर्म र समाजको कुन कुन प्रकारले विकास गरे यसको ज्ञान वेदबाट नै जानिन्छ । विश्व वाङ्मयमा यिनिहरूभन्दा प्राचीनतम कुनै पुस्तक छैन ।
आर्य भाषाहरूको मूलस्वरूप निर्धारित गर्नमा वैदिक भाषा धेरै अधिक सहायक सिद्ध भएको छ । वेद सनातन धर्मको सबैभन्दा पुरानो धर्मग्रन्थ मात्र होइन मानव सभ्यताकै सबैभन्दा पुरानो पुस्तक पनि यही हो । वेद विद शब्दबाट बनेको हो जसको अर्थ हुन्छ जान्नु, ज्ञाता वा जान्ने । मान्नु वा मान्ने भन्ने अर्थ वेदबाट लाग्दैन । यसको अर्थ मात्र जान्ने वा जानेर बुझेर वा परख गरिएको ज्ञान भन्ने हुन आउँछ । अर्थात् अनुभूत ज्ञान वा जाँच परख गरिएको ज्ञान मार्ग ।
वास्तवमा ब्रह्म वाक्य यसैमा संकलित छ । वेद मानव सभ्यताको सबैभन्दा पुरानो लिखित दस्तावेज हो । वेदका २८ हजार पाण्डुलिपिहरू भारत को पुणे स्थित भण्डारकर ओरिएन्टल रिसर्च इन्स्टिच्युटमा राखिएको छ । तीमध्ये ऋग्वेदका ३० पाण्डुलिपिहरू असाध्यै महत्वपूर्ण छन् जसलाई युनेस्कोले आफ्नो सम्पदा सूचीमा समावेश गरेको छ । युनेस्कोले ऋग्वेदका इ. पू. १८०० देखि इ. पू.१५०० बीचका ३० पाण्डुलिपिहरूलाई आफ्नो सांस्कृतिक धरोहरका रूपमा समावेश गरेको छ ।
महत्वपूर्ण कुरा त के छ भने युनेस्कोका १५८ सांस्कृतिक धरोहरमध्ये भारतका मात्र ३८ वटा पाण्डुलिपिहरू त्यो सूचीमा सामेल भएका छन् । वेदलाई श्रुति पनि भनिन्छ । श्रु धातुबाट श्रुति बनेको छ । श्रु अर्थात् सुन्नु । के भनिन्छ भने प्राचीन तपस्वीहरू गहिरो तपस्यामा लीन भइरहेको समयमा यी मन्त्रहरू उनीहरूलाई स्वयं ईश्वरले अप्रत्यक्ष रूपमा सुनाएका थिए । सर्वप्रथम ईश्वरले चार जना ऋषिहरूलाई वेदको ज्ञान दिएः अग्नि, वायु, अंगिरा र आदित्य ।
वेद वैदिककालीन वाचिक परम्पराको अनुपम कृति हो जुन पछिल्लो छ सात हजार इसा पूर्वबाट चलिरहेको छ । विद्वानहरूले संहिता, ब्राह्मण , आरण्यक र उपनिषद् यी चारको संयोगलाई वेद भनेका छन् । यी चार भागलाई संयुक्त रूपमा श्रुति भनिन्छ । अन्य बाँकी ग्रन्थ स्मृति अन्तर्गत पर्दछन् । वेदको संहिता भनेको मन्त्र भाग हो । वैदिक मन्त्रहरू सुन्दरताले भरिपूर्ण छन् ।
वैदिक ऋषिहरू जब वेदको सस्वर पाठ गर्छन् त्यो सुनेर चित्त प्रफुल्ल हुन्छ । जसले सस्वर वेद पाठ सुन्छन् ती पनि मुग्ध हुन्छन् । वेदको ब्राह्मण भागमा यज्ञको बारेमा चर्चा गरिएको छ । यसमा वेदका मन्त्रहरूको व्याख्या गरिएको छ । यसमा यज्ञका विधान र विज्ञानका बारेमा विस्तारपूर्वक वर्णन गरिएको पाइन्छ ।
मुख्य ब्राह्मण ग्रन्थहरू यसप्रकार छः ऐतरेय, तैत्तिरीय र शतपथ । आरण्यक पनि वेदको एक महत्वपूर्ण हिस्सा हो । संस्कृतमा वनलाई अरण्य भनिन्छ । त्यसैले अरण्यमा उत्पन्न भएका ग्रन्थहरू नै आरण्यक अन्तर्गत पर्दछन् । पाँच मुख्य आरण्यक यसप्रकार छनः ऐतरेय, शांखायन, बृहदारण्यक, तैत्तिरीय र तवलकार । उपनिषद वेदको शीर्ष भाग हो । साथै उपनिषद वेदको सर्वश्रेष्ठ अन्तिम भाग पनि भएकाले यसलाई वेदान्त पनि भनिन्छ । यसमा ईश्वर , सृष्टि र आत्माका सम्बन्धमा गहन दार्शनिक तथा वैज्ञानिक वर्णन गरिएको छ ।
उपनिषदहरूको वास्तविक संख्या ११८० मानिन्छ तर हाल उपनिषदका १०८ संख्या मात्र उपलब्ध छन् । तिनमा मुख्य उपनिषद् यसप्रकार छन्ः ईश, केन, कठ, प्रश्न, मुण्डक, माण्डुक्य, तैत्तरीय, ऐतरेय, छान्दोग्य,बृहदारण्यक र श्वेताश्वेर । असंख्य वेद शाखाहरू, ब्राह्मण ग्रन्थ, आरण्यक र उपनिषदहरू लोप भइसकेका छन् । हाल आएर ऋग्वेदका दस, कृष्ण यजुर्वेदका बत्तीस, सामवेदका सोह्र र अथर्ववेदका एकतीस उपनिषदहरू अस्तित्वमा छन् ।
प्रोफेसर विन्टरनिट्जले वैदिक साहित्यको रचनाकाल २००० देखि २५०० इसा पूर्व मानेका छन् । तर खासमा वेदको रचना कुनै एक निश्चित कालखण्डमा भएको होइन । अर्थात् यो त बिस्तारै बिस्तारै रचना हुँदै गयो र सबैभन्दा पहिले वेदका तीन भाग संकलन गरियो जसमा ऋग्वेद, सामवेद र यजुर्वेदको संकलन भयो । यसलाई वेदत्रयी पनि भनिन्छ । सनातन मान्यता अनुसार वेदको विभाजन रामचन्द्रको जन्मपूर्व पुरूरवा ऋषिको समयमा भएको हो ।
कालान्तरमा अथर्वा ऋषिले अथर्ववेदको रचना गरेका हुन् । कतिपय विद्वानहरूका मतमा चाँहि श्रीकृष्णको समय द्वापर युगको समाप्तिपछि महर्षि वेदव्यास ले वेदलाई चार भागमा विभाजन गरी व्यवस्थित गरेका हुन् । उनले यी चार भागको शिक्षा क्रमशः चार शिष्यहरू पैल, वैशम्पायन, जैमिनी र सुमन्तुलाई दिए । त्यस क्रममा उनले पैललाई ऋग्वेद, वैशम्पायनलाई यजुर्वेद, जैमिनीलाई सामवेद तथा सुमन्तुलाई अथर्ववेदको जिम्मेवारी दिए ।
यसको आधारमा भन्दा वेद लिखित रूपमा आजभन्दा ६५०८ वर्ष पुरानो ग्रन्थ हो । यसलाई पनि सोझै नकार्न सकिँदैन किनभने श्रीकृष्ण आजभन्दा ५११२ वर्ष अगाडि यस धर्तीमा भएको तथ्य फेला परिसकेको छ । वेदका चार विभाग छन्स् ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद ।
वेदका चार विभाग छन्ः ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद । ऋग स्थिति, यजु रूपान्तरण, साम गतिशील र अथर्व जड । ऋक भनेको धर्म, यजुः भनेको मोक्ष, साम भनेको काम, अथर्व भनेको अर्थ पनि मानिन्छ । यसैका आधारमा धर्मशास्त्र, अर्थशास्त्र, कामशास्त्र र मोक्षशास्त्रको रचना भएको हो ।
ऋग्वेदः ऋक अर्थात् स्थिति र ज्ञान । यसमा १० मण्डल र १०२८ ऋचाहरू छन् । ऋग्वेदका ऋचाहरूमा देवताहरूको प्रार्थना, स्तुति र देवलोकमा उनीहरूको स्थितिको वर्णन पाइन्छ । यसमा ५ शाखा हरू छन् – शाकल्प, वास्कल, अश्वलायन, शांखायन, मण्डूकायन ।
यजुर्वेद ? यजुर्वेदको अर्थ यत् ं जु . यजु । यत् को अर्थ हो गतिशील तथा जु को अर्थ हो आकाश । यसको अलावा कर्म । श्रेष्ठतम कर्मको प्रेरणा । यजुर्वेदमा १९७५ मन्त्र र ४० अध्याय छन् । यस वेदमा धेरैजसो यज्ञका मन्त्रहरू छन् । यज्ञको अलावा तत्वज्ञानको वर्णन छ । यजुर्वेदका दुई शाखाहरू छन् कृष्ण र शुक्ल ।
सामवेदः साम अर्थात रूपान्तरण र संगीत । सौम्यता र उपासना । यसमा १८७५ (१८२४) मन्त्रहरू छन् । यसमा ऋग्वेदका नै अधिकतर ऋचाहरू छन् । यस संहिताका सबै मन्त्र संगीतमय छन्, गेय छन् । यसमा मुख्य ३ शाखाहरू छन्, ७५ ऋचाहरू छन् र विशेष गरी संगीतशास्त्रलाई समावेश गरिएको छ ।
अथर्ववेदः थर्व को अर्थ हो कम्पन र अथर्व को अर्थ अकम्पन । ज्ञानले श्रेष्ठ काम गर्दै जो परमात्माको उपासनामा तल्लीन हुन्छ त्यही नै अकम्प बुद्धि प्राप्त गरेर मोक्ष धारण गर्दछ भन्ने अथर्ववेदको मुख्य अभिप्राय रहेको पाइन्छ । अथर्ववेदमा ५९८७ मन्त्र तथा २० काण्ड छन् । यस वेदमा पनि ज्यादातर ऋग्वेदका ऋचाहरू नै छन् । यसमा रहस्यमय विद्याको पनि वर्णन पाइन्छ ।
उपरोक्त सबैमा परमात्मा, प्रकृति र आत्माको विशद वर्णन र स्तुतिगान गरिएको छ । यसबाहेक वेदहरूमा आफ्नो समयका महापुरूषहरूको महिमा, गुणगान एवं उक्त समयको सामाजिक,राजनीतिक तथा भौगोलिक अवस्थाको वर्णन पनि पाइन्छ ।
छ वेदाङ्गः (वेदका छ अंग) (१) शिक्षा, (२) छन्द, (३) व्याकरण , (४) निरुक्त, (५) ज्योतिष र (६) कल्प ।
छ उपांगः (१) प्रतिपदसूत्र, (२) अनुपद, (३) छन्दोभाषा (प्रातिशाख्य), (४) धर्मशास्त्र, (५) न्याय तथा (६) वैशेषिक । माथि उल्लिखित छ वटा उपांग ग्रन्थहरू उपलब्ध छन् । यसैलाई षड्दर्शन भनिन्छ जुन यसप्रकार छनः सांख्य, योग, न्याय, वैशेषिक, मीमांशा र वेदान्त । त्यसै गरी वेदका उपवेदहरू निम्न अनुसार छन्ः ऋग्वेदको आयुर्वेद, यजुर्वेदको धनुर्वेद, सामवेदको गंधर्ववेद तथा अथर्ववेदको स्थापत्यवेद ।
आधुनिक विभाजनः आधुनिक विचारधाराका अनुसार चार वेदहरूको विभाजन यसप्रकार गरिएको छः (१) याज्ञिक, (२) प्रायोगिक र (३) साहित्यिक । वेदको सार उपनिषद र उपनिषदको सार ‘गीता’ लाई मानिन्छ । यस हिसाबले हेर्दा वेद, उपनिषद र गीता नै वास्तविक धर्मग्रन्थ हुन्, अर्काे कुनै छैन । स्मृतिहरूमा वेद वाक्यहरूलाई विस्तृत रूपमा व्याख्या गरिएको छ । वाल्मिकी रामायण र महाभारतलाई इतिहास तथा पुराणहरूलाई पुरातन इतिहासका ग्रन्थ मानिएको छ । विद्वानहरूले वेद, उपनिषद र गीताको पाठलाई नै उचित ठहर गरेका छन् ।
ऋषि तथा मुनिहरूलाई दृष्टा भनिएको छ भने वेदलाई ईश्वर वाक्य मानिएको छ । वेद ऋषिहरूका मन वा विचारका उपज होइनन् । ऋषिहरूले त त्यही लेखे वा भने जुन उनीहरूले पूर्णजाग्रत अवस्थामा देखे, सुने र परख गरे। मनुस्मृतिमा श्लोक (क्ष्क्ष्.६) को माध्यमबाट के भनिएको छ भने वेद नै सर्वोच्च र प्रथम प्राधिकृत वस्तु हो । वेदले कुनै प्रकारको ऊँच नीच, जातपात, महिला पुरुष आदिमा भेद गरेको छैन । ऋग्वेदका ऋचाहरूमा लगभग ४१४ ऋषिहरूको नाम पाइन्छ जसमा लगभग ३० नाम महिला ऋषिहरूको छ ।
जन्मका आधारमा जातिको विरोध ऋग्वेदको पुरुष(सुक्त (ह्.९०.१२), तथा श्रीमद्भगवत गीताको श्लोक (क्ष्ख्.१३), (ह्ख्क्ष्क्ष्क्ष्.४१) मा पाइन्छ । श्लोक स् श्रुतिस्मृतिपुराणानां विरोधो यत्र दृश्यते। तत्र श्रौतं प्रमाणन्तु तयोद्वैधे स्मृतिर्त्वरा ।। भावार्थ स् अर्थात् जुन ठाउँमा वेद र अन्य ग्रन्थहरूमा विरोध देखिन्छ, त्यहाँ वेद वाक्य नै मान्य हुनेछ । प्रकाशभन्दा अधिक गतिशील तत्व अहिलेसम्म भटिएको छैन र न मनको गति नै मापन गरिएको छ । ऋषि मुनिहरूले मनभन्दा पनि अधिक गतिमान किन्तु अविचल वस्तुको साक्षात्कार गरे र त्यसलाई ‘वेद वाक्य’ वा ‘ब्रह्म वाक्य’ बनाइदिए । वास्तवमा वेदको अध्ययन मनन र अनुभूतिविना सनातन धर्मको महिमा र गरिमा बुझ्न र बुझाउन सकिँदैन ।
द्वापरयुगको समाप्तिको पूर्व वेदहरूको उक्त चार विभाग अलग अलग थिएनन् । त्यो समय त ऋक्, यजुः र साम – यिनी तीन शब्द शैलिहरूको संग्रहात्मक एक विशिष्ट अध्ययनीय शब्दराशि नै वेद भनिन्थ्यो । विश्वमा शब्द प्रयोग गर्ने तीन शैलिहरू हुन्छन्स जुन पद्य (कविता), गद्य र गानरूप भन्दा प्रसिद्ध छ । पद्यमा अक्षर संख्या तथा पाद एवं विरामको निश्चित नियम हुन्छ । अतः निश्चित अक्षर संख्या तथा पाद एवं विराम वाला वेदमन्त्रहरूको संज्ञा ‘ऋक्’ हो ।
जस मन्त्रहरूमा छन्दको नियमानुसार अक्षर संख्या तथा पाद एवं विराम ऋषिदृष्ट छैन, उनि गद्यात्मक मन्त्र ‘यजुः’ भनिन्छ । र जति मन्त्र गानात्मक छन्, त्यति मन्त्र लाई ‘साम’ भनिन्छ । यी तीन प्रकार का शब्द प्रकाशन शैलिहरूको आधारमा नै शास्त्र एवं लोकमा वेदको लागि ‘त्रयी’ शब्दको पनि व्यवहार गरिन्छ । वेदको पठन पाठनको क्रममा गुरुमुख देखि श्रवण एवं सम्झना गर्ने वेदको संरक्षण एवं सफलताको दृष्टिले अत्यन्त महत्व छ । त्यहि कारण वेद लाई ‘श्रुति’ पनि भन्छन् । वेद परिश्रमपूर्वक अभ्यासद्वारा संरक्षणीय छ, यस कारण यसको नाम ‘आम्नाय’ पनि हो ।
द्वापरयुगको समाप्तिको समयमा श्रीकृष्णद्वैपायन वेदव्यास जीले यज्ञानुष्ठानको उपयोगलाई दृष्टिगत उन एक वेदको चार विभाग गरे र यिनी चारै विभागहरूको शिक्षा चार शिष्यहरूलाई दिए।यो नै चार विभाग ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेदको नामले प्रसिद्ध छ । पैल, वैशम्पायन, जैमिनि र सुमन्तु नामक – यिनी चार शिष्यहरूले शाकल आदि आफ्नो भिन्न भिन्न शिष्यहरूलाई पढाए । यि शिष्यहरू द्वारा आफ्नोे अधीत वेदहरूको प्रचार तथा संरक्षणको कारण उनी शाखाहरू तिनैको नामले प्रसिद्ध भइ रहेको छ ।
कर्मकाण्डमा वर्गीकरणः वेदहरूको प्रधान लक्ष्य आध्यात्मिक ज्ञान दिन नै छ । अतः वेदमा कर्मकाण्ड र ज्ञानकाण्ड – यिनी दुवै विषयहरूको सर्वांगीण निरूपण गरिएको छ । वेदहरूको प्रारम्भिक भागएर्मकाण्ड छ र त्यो ज्ञानकाण्ड वाला भागले अधिक छ । जुन अधिकारी वैदिक विद्वानहरू लाई यज्ञ गराउने यजमानद्वारा अधिकार प्राप्त हुन्छ, तिनलाई ‘ऋत्विक’ भन्छन् । श्रौतयज्ञमा यिनी ऋत्विकोंको चार गण छन् । (१) होतृगण, (२) अध्वर्युगण, (३) उद्गातृगण तथा (४) ब्रह्मगण । उपर्युक्त चारै गणहरूको लागि उपयोगी मन्त्रहरूको संग्रहको अनुसार वेद चार भएका छन् ।
(१) ऋग्वेदः यसमा होतृवर्गको लागि उपयोगी मन्त्रहरूको संकलन छ । यसमा ‘ऋक्’ संज्ञक (पद्यबद्ध) मन्त्रहरूको अधिकताको कारण यसको नाम ऋग्वेद भयो । यसमा होतृवर्गको उपयोगी गद्यात्मक (यजुः) स्वरूपको पनि केही मन्त्र छन् ।
(२) यजुर्वेदः यसमा यज्ञानुष्ठान सम्बन्धी अध्वर्युवर्गको उपयोगी मन्त्रहरूको संकलन छ । यसमा ‘गद्यात्मक’ मन्त्रोंको अधिकताको कारण यसको नाम ‘यजुर्वेद’ छ । यसमा केही पद्यबद्ध, मन्त्र पनि छन्, जुन अध्वर्युवर्गको उपयोगी छन् । यजुर्वेदको दुई विभाग छन (क) शुक्लयजुर्वेद र (ख) कृष्णयजुर्वेद ।
(३) सामवेद – यसमा यज्ञानुष्ठानको उद्गातृवर्गको उपयोगी मन्त्रहरूको संकलन छ । यसमा गाईन पद्धतिको निश्चित मन्त्र भएको कारण यसको नाम सामवेद हो ।
(४) अथर्ववेद – यसमा यज्ञानुष्ठानको ब्रह्मवर्गको उपयोगी मन्त्रहरूको संकलन छ । अथर्वको अर्थ छ कमिहरूलाई हटाएर ठीक गर्नु या कमी(रहित बनाउनु । अतः यसमा यज्ञसम्बन्धी एवं व्यक्ति सम्बन्धी सुधार या कमीपूर्ति गर्ने मन्त्र पनि छ । यसमा पद्यात्मक मन्त्रहरू सँग केही गद्यात्मक मन्त्र पनि उपलब्ध छन् । यस वेदको नामकरण अन्य वेदहरूको भाँति शब्द शैलीको आधारमा छैन, अपितु यसको प्रतिपाद्य विषयको अनुसार छ । यस वैदिक शब्दराशिको प्रचार एवं प्रयोग मुख्यतः अथर्व नामको महर्षि द्वारा गरियो । यसैले पनि यसको नाम अथर्ववेद छ ।
वैदिक स्वर प्रक्रियाः वेदको संहिताहरूककक मंत्राक्षरहरूमा ठाडो तथा तेर्छो रेखाहरू लागाएर उनको उच्च, मध्यम, या मन्द संगीतमय स्वर उच्चारण गर्नको संकेत गरिएका छन् । इनको उदात्त , अनुदात्त र स्वारितको नामले अभिगित गरिएको छ । यो स्वर धेरै प्राचीन समय देखि प्रचलित हो र महामुनि पतंजलिले आफ्नो महाभाष्यमा यिनको मुख्य मुख्य नियमहरू समावेश गरेका छन् ।
चार उपवेदः चार वेदका चार उपवेद मानिन्छ ( धनुर्वेद,गान्धर्ववेद,आयुर्वेद, र अर्थवेद । हर वेदको चार भाग हुन्छन् । पहिले भाग (संहिता)को वाहेक हरेकमा टीका अथवा भाष्यको तीन स्तर हुन्छन् । कुल मिलाएर यो हो संहिता (मन्त्र भाग) ब्राह्मण (ग्रन्थ) ( गद्य मा कर्मकाण्डको विवेचना) आरण्यक ( कर्मकाण्डको पछिको उद्देश्यको विवेचना) उपनिषद ( परमेश्वर, परमात्मा (ब्रह्म र आत्माको स्वभाव र सम्बन्धको धेरै नै दार्शनिक र ज्ञानपूर्वक वर्णन) यी चार भाग सम्मिलित रूपलाई श्रुति भनिन्छ जुन हिन्दू धर्मको सर्वोच्च ग्रन्थ हो । बाकी ग्रन्थहरू स्मृति अन्तर्गत पर्दछन् ।