काठमाडौं । राजनराज शिवाकोटी र रेखा ढुंगाना कटवालको स्वरमा ‘घाँसको माया गाईलाई’ बोलको गीत भर्खरैमात्रै सार्वजनिक भएको छ ।
एलिजा गौतम र दुर्गेश थापाको अभिनय रहेको उक्त गीतमा राजेन्द्र थापाको शब्द छ ।
शिवाकोटीकै संगीत रहेको उक्त गीतलाई इनाक्षी इन्टरटेनमेन्टमार्फत सार्वजनिक गरेको हो ।
रामजनक कटवाल निर्माता रहेको भिडियो कोरियोग्राफी तथा सम्पादन भने शिव विकले गरेका छन् । भिडियोमा बालकलाकारमा भेनसविक्रम कटवालको पनि अभिनय रहेको छ ।
त्यस्तै, सम्पादन भने विकास ज्ञवालीको छ । आमोश तामाङको एरेन्ज रहेको भिडियोको छायाँकन अर्जुन तिवारीले गरेका छन् ।