Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

बिमल अधिकारीको प्रेमील गीत ‘पिपल छेउमा बर’ बजारमा (भिडियोसहित)

बिमल अधिकारीको प्रेमील गीत ‘पिपल छेउमा बर’ बजारमा (भिडियोसहित)

  • शनिवार, आषाढ २० २०७७

  • 1.6K
    SHARES

  • बिमल अधिकारीको प्रेमील गीत ‘पिपल छेउमा बर’ बजारमा (भिडियोसहित)

    काठमाडौं । कलाकार बिमल अधिकारीको नयाँ गीत “पिपल छेउमा बर” बोलको गीत बजारमा आएको छ । यो गीतमा बिमलले आफ्नो निर्देशनको कला पनि दर्शक माझ प्रस्तुत गरेका छन् । रोशन सिंहको शब्द तथा संगीत रहेको गीतमा रोशन सिंह र प्रबिशा अधिकारिको सुमधुर आवाज रहेको छ।

    गीतमा समाबेश शब्दहरुसंगै संगीत पनि एकदम मन छुने छ। गीतको भाव अनुसार भिडियो पनि त्यतिकै उत्कृष्ट अनि आकर्षक बनाइएको छ। श्रीमान श्रीमति बीचको माया प्रेमलाई कलात्मक तरिकाले भिडियोमा देखान खोजिएको छ।

    भिडियोमा चर्चित नायिका अनु शाह र बिमल अधिकारी स्वम फिचर्ड छन् । बिमल र अनुको अभिनय एकदम उत्कृष्ट छ। बिमल र अनुलाई श्रिङ्गार्ने काम अहिलेकी चर्चित मेकअप आर्टिस्ट बिमला तामाङले गरेकि छन् ।

    राजेश घिमिरेले खिचेको भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन भने प्रविन भट्टले रंग संयोजन गरेका हुन् । बिमल अधिकारी र रोशन सिंहको सहकार्य रहेको यस अघिको ए भुपु माया गितले सर्बाधिक चर्चा पाएको थियो ।

    यस “पिपल छेउमा बर” गीतलाई पनि दर्शक स्रोताले रुचाउनेमा निर्माण टिम विश्वस्त रहेको बताइएको छ। गीतको भिडियो भावना म्युजिक सोलुसनको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

     

     


    शनिवार, आषाढ २० २०७७०३:३४:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij