Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

पाकिस्तानको क्वेटामा आत्मघाती हमलामा परी दुईको मृत्यु, २४ घाइते

पाकिस्तानको क्वेटामा आत्मघाती हमलामा परी दुईको मृत्यु, २४ घाइते

  • बुधवार, मंसिर १४ २०७९

  • 508
    SHARES

  • पाकिस्तानको क्वेटामा आत्मघाती हमलामा परी दुईको मृत्यु, २४ घाइते

    काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तको राजधानी क्वेटाको उपनगर बालेलीमा पोलियो टोलीको सुरक्षा गरिरहेको प्रहरीको गाडीमा आत्मघाती हमला भएको छ । यस हमलामा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।

    प्रहरी अधिकारीहरूका अनुसार विस्फोटमा परेका बलुचिस्तान कन्स्टेबुलरीका जवानहरू पोलियो ड्युटीमा जाँदै थिए । मिडिया प्रतिनिधिहरूसँग कुरा गर्दै क्वेटा प्रहरीका डीआईजी गुलाम अजफर महेसरले यो आत्मघाती हमला भएको जसमा २० देखि २५ किलोग्राम विस्फोटक पदार्थ प्रयोग गरिएको जानकारी दिए ।

    उनले बलुचिस्तान कन्स्टेबुलरीको गाडीलाई निशाना बनाएर विस्फोट गराएको बताए, जसमा जवानहरू ड्युटीमा गइरहेका थिए । विस्फोटमा एक प्रहरीसहित कम्तीमा दुई जनाको मृत्यु भएको छ भने २० प्रहरीसहित २४ जना घाइते भएका छन् । विस्फोटबाट अन्य तीनवटा गाडीमा पनि क्षति पुगेको छ ।

    प्रतिबन्धित आतंकवादी संगठन तेहरिक–ए–तालिबान पाकिस्तानले आक्रमणको जिम्मेवारी लिएको छ । विस्फोटमा परी घाइते भएकाहरुलाई उपचारका लागि क्वेटाको सिभिल अस्पतालमा लगिएको छ । यसैबीच, पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले आक्रमणको कडा निन्दा गर्दै घटनाको छानबिन गर्न आदेश दिएका छन् ।

    प्रधानमन्त्रीको कार्यालयबाट जारी विज्ञप्तिमा प्रधानमन्त्री शहबाज सरिफले घटनामा मारिएका र घाइते भएकाहरूप्रति समवेदना व्यक्त गर्दै पोलियो अधिकारीहरूले देशबाट घातक रोग निर्मूल पार्न अथक प्रयास गरेको भन्दै आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरेको बताइएको छ ।


    बुधवार, मंसिर १४ २०७९०१:५६:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij