काठमाडौं । भारतमा कोरोना भाइरसका नयाँ भेरियन्ट देखिएका छन् ।
नयाँ भेरियन्टलाई एक्सबीबी र एक्सबीबी वान नाम दिइएको छ । यो भेरियन्ट बढी संक्रामक र खतरनाक रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
महाराष्ट्र र केरलमा कोरोनाको नयाँ भेरियन्ट देखिएको छ । त्यहाँका राज्य सरकारले मास्क लगाएर मात्रै हिँडडुल गर्न निर्देशन दिएको छ ।
भारतमा चाडपर्वको सिजन शुरू भएको र शहरी क्षेत्रमा भीडभाड बढी हुने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।