Sep 22 2026 | २०८३, आश्विन ६ गते

२०८३, आश्विन ६ गते
  • यो साता चर्चामा :
images

युक्रेनले दक्षिण क्षेत्रका थप भूभाग फिर्ता ल्याएको दाबी

युक्रेनले दक्षिण क्षेत्रका थप भूभाग फिर्ता ल्याएको दाबी

  • बिहिवार, आश्विन २७ २०७९

  • 688
    SHARES

  • युक्रेनले दक्षिण क्षेत्रका थप भूभाग फिर्ता ल्याएको दाबी

    काठमाडौं । युक्रेनले दक्षिणका क्षेत्र थप भूभाग फिर्ता ल्याएको दाबी गरेको छ। धेरै दिनको तीव्र रूसी क्षेप्यास्त्र आक्रमणपछि किभमा ‘जति सक्दो चाँडो’ वायु रक्षा प्रणाली पुर्‍याउने पश्चिमी देशहरूको प्रतिबद्धता युक्रेनले स्वागत गरेको बुधबार जनाएको छ।

    अमेरिकाको नेतृत्वमा करिब ५० देशको समूहले ब्रसेल्समा रहेको नेटो मुख्यालयमा वार्ता गरेको र युक्रेनलाई नयाँ क्षेप्यास्त्र विरोधी प्रणाली उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको हो।

    युक्रेन रूसी आक्रमणबाट त्रसित छ। यसमा परी दर्जनौं मारिएका छन्। कैयौँ घाइते भएका छन् र शहरहरू विद्युत र तातो पानीविहीन छन्। ‘प्रणालीहरू उपलब्ध गराइनेछ, जति छिटो हामी तिनीहरूलाई भौतिक रूपमा त्यहाँ पुर्‍याउन सक्छौं,’ अमेरिकी रक्षा मन्त्री लोयड अस्टिनले बैठकपछि जानकारी दिए।

    पश्चिमी ऐक्यबद्धताको थप प्रदर्शनमा, जी ७ ले आवश्यकता भएसम्म युक्रेनको साथमा उभिने वाचा गरेको छ। युक्रेनलाई बलियो बनाउने दिशातर्फ अघि बढ्नका लागि आर्थिक सहयोग गर्ने अन्तरराष्ट्रिय मुद्राकोष प्रमुख क्रिस्टालिना जर्जिएभाले वाचा गरे।

    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रूसी क्षेप्यास्त्र आक्रमण आतंकवादी काम भएको वर्णन गरे।


    बिहिवार, आश्विन २७ २०७९०२:४७:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij