Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सरकार र डा. केसीका प्रतिनिधिबीच प्रधानमन्त्री कार्यालयमा वार्ता

सरकार र डा. केसीका प्रतिनिधिबीच प्रधानमन्त्री कार्यालयमा वार्ता

  • मंगलवार, आश्विन ४ २०७९

  • 489
    SHARES

  • सरकार र डा. केसीका प्रतिनिधिबीच प्रधानमन्त्री कार्यालयमा वार्ता

    काठमाडौं । अनसनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी प्रतिनिधिबीच वार्ता शुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिहंदरबारमा वार्ता शुरु भएको हो ।

    वार्तामा सरकारकातर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव डा. राम प्रसाद घिमिरे, स्वास्थ्य सचिव डा. रोशन पोखरेल, शिक्षा सचिव राम कृष्ण सुवेदी र एनएमबीएबाट डा. अनिल बिक्रम कार्की रहेका छन् ।

    डा. केसीको तर्फबाट भने डा. जीवन क्षेत्री, डा. लिजन महर्जन, प्रितम सुवेदी, ओम प्रकाश अर्याल र डा. विष्णु पोखरेल रहेका छन् । स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै धनगढीमा अनसन बसिरहेका छन् । डा.गोविन्द केसीको अवस्था जटिल बन्दै गइरहेको छ । हाल अनसन बसेको ९ औ दिन भएको छ ।


    मंगलवार, आश्विन ४ २०७९०१:११:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij