Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

१२६ जनामा कोरोना संक्रमण, १३७ संक्रमणमुक्त

१२६ जनामा कोरोना संक्रमण, १३७ संक्रमणमुक्त

  • बिहिवार, भाद्र ३० २०७९

  • 536
    SHARES

  • १२६ जनामा कोरोना संक्रमण, १३७ संक्रमणमुक्त

    काठमाडौं। पछिल्लो २४ घण्टामा थप १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७९० जनाको परीक्षणमा १२६ जनामा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६७४ जनाको पीसीआर परीक्षण गर्दा ७५ जना र २ हजार ११६ जनाको एन्टिजेन परीक्षण गर्दा ५१ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

    योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार १२९ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १३७ जना संक्रमणमुक्त भएका छन् ।

    स्वासथ्य मन्त्रालयका अनुसार २ हजार ६२ जना होम आइसोलेसनमा रहेका छन् भने ६७ जना संस्थागत आइसोलेसन र १८ जना आईसीयूमा छन् ।

     


    बिहिवार, भाद्र ३० २०७९०५:१९:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij