Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

डेंगुका बिरामी बढ्दै, ११ हजार बढीमा संक्रमण

डेंगुका बिरामी बढ्दै, ११ हजार बढीमा संक्रमण

  • बुधवार, भाद्र २९ २०७९

  • 662
    SHARES

  • डेंगुका बिरामी बढ्दै, ११ हजार बढीमा संक्रमण

    काठमाडौं । नेपालमा डेंगुका बिरामी ११ हजार ६५ पुगेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्ममा देशभर ११ हजार ६५ जनामा डेंगु संक्रमण पुष्टि भएको हो।

    सबैभन्दा धेरै बागमती प्रदेशमा ८ हजार ३ सय ९० जनामा डेंगु संक्रमण भएको छ। यस्तै, लुम्बिनीमा १ हजार ४ सय २१, प्रदेश १ मा ३ सय ४७, सुदूरपश्चिममा ३ सय २३, गण्डकीमा २ सय २४, मधेश प्रदेशमा १ सय ९८ र कर्णाली प्रदेशमा १६२ जनामा डेंगु संक्रमण देखिएको छ।

    नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए। हालसम्म देशभरका सातै प्रदेशका ७५ जिल्लामा डेंगु फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    यसैबीच सरकारले डेंगु रोकथामका लागि लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान नै संचालन गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै देशैभरका स्थानीय तहमा लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान संचालन गर्न आग्रह गरेको छ।

    डेंगु नियन्त्रण तथा रोकथामका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्न आग्रह गर्दै मन्त्रालयले प्रत्येक शनिबार बिहान दश बजे दश मिनेट छुट्याई घरभित्र र बाहिर लामखुट्टेले फुलपार्ने ठाउँहरु 'खोजौ र नष्ट गरौ' भन्ने नारासहित राष्ट्रिय अभियान सञ्चालन गर्ने जनाएको छ।


    बुधवार, भाद्र २९ २०७९०५:१२:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij