Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पल शाहको आजको बहसमा यस्तो आयो खबर

पल शाहको आजको बहसमा यस्तो आयो खबर

  • मंगलवार, भाद्र २१ २०७९

  • 1.6K
    SHARES

  • पल शाहको आजको बहसमा यस्तो आयो खबर

    काठमाडौं । नवलपुर जिल्ला अदालतमा नायक पल शाहको बलात्कारसम्बन्धी मुद्दा फैसला गर्न बहस जारी छ ।

    न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासमा बहस भइरहेको हो । शाहको तर्फबाट ६–७ जना कानुन व्यवसायीले बहसका लागि वकालतनामा भरेका थिए । इजलासले शाहविरुद्ध लागेको आरोप ठहर्ने वा नठहर्नेमध्ये एउटा फैसला गर्नेछ ।

    एक नावालिग गायिकाले बलात्कारसम्बन्धी उजुर गरेपछि शाह मुद्दा पुर्पक्षका लागि थुनामा छन् । ती गायिकाले नवलपुर र तनहुँ गरी दुई ठाउँमा उजुरी दिएपछि शाहले दुइटै जिल्ला अदालतमा एकै पीडितबाट बलात्कार मुद्दा खेपिरहेका छन् ।

    शाहलाई न्यायाधीश आचार्यले सफाइ दिएको अवस्थामा पनि उनी मंगलबार नै नछुट्ने स्रोतको दाबी छ । तनहुँ जिल्ला अदालतले शाहलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेकाले उनी थुनामै रहनुपर्ने छ ।

    नावालिग गायिकाले अदालतमा बयान फेरेकाले शाह पक्ष सफाइ पाउने आशामा छ ।


    मंगलवार, भाद्र २१ २०७९०५:४३:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij