Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

चीनमा बाढी : १७ जनाको मृत्यु, ६ हजार दुई सय ४५ घर प्रभावित

चीनमा बाढी : १७ जनाको मृत्यु, ६ हजार दुई सय ४५ घर प्रभावित

  • शुक्रवार, भाद्र ३ २०७९

  • 768
    SHARES

  • चीनमा बाढी : १७ जनाको मृत्यु, ६ हजार दुई सय ४५ घर प्रभावित

    काठमाडौं । चीनको उत्तरपश्चिमी चिङ्हाई प्रान्तमा आएको बाढीमा परेर कम्तीमा पनि १७ जना स्थानीयको ज्यान गएको छ ।

    अधिकारीहरुले दिएको जानकारी अनुसार यहाँका बिहीबार साँझको सो बाढीबाट अरु १७ जना हराइरहेका छन् । ती हराएका व्यक्तिको खोजी भइरहेको बताइएको भए पनि उनीहरु भेटिने सम्भावना कम रहेको उद्धारकर्मीहरुले जनाएका छन् । स्थानीय समयानुसार बुधबार राति १०ः२५ देखि सुरु भएको भीषण बर्षाका कारण ठूलो बाढी आएको र धनजनको क्षति भएको जनाइएको छ ।

    धेरै माटो बोकेर आएको बाढीले नदीको वहाव परिवर्तन गरेकाले पनि धेरै क्षति भएको अधिकारीहरुले जनाएका छन् । बाढीबाट ६ गाउँका ६ हजार दुई सय ४५ घर प्रभावित भएका छन् । तीमध्ये दुई भवन पूर्ण रुपमा र १४ भवन अत्यधिक क्षति भएको छ ।

    बाढीका कारण घरमा क्षति भएपछि एक हजार दुई सय भन्दा बढी मानिस विस्थापित भएका छन् । उनीहरुका लागि अत्यावश्यक सहयोग र सामग्रीको व्यवस्था गर्न लागिएको छ । उनीहरुलाई अस्थायी शिविरमा राखिएको छ । सेना प्रहरी र उद्धारकर्मीहरु गरी कम्तीमा चार हजार पाँच सयजना उद्धारका काममा खटिएका छन् । उनीहरुले बिहीबार बिहानदेखि हराएका २० जना व्यक्तिको सकुशल उद्धार गरेको जनाएका छन् ।

    यहाँ बुधबार बिहानदेखि अविरल रुपमा वर्षा भएको छ । बाढीमा परेर हराएका व्यक्तिको खोजी कार्य भइरहेको उद्धारकर्मीहरुले जनाएका छन् । उनीहरुका अनुसार यहाँका ६ हजार जनाभन्दा बढी व्यक्ति विस्थापित हुन पुगेका छन् । उनीहरुलाई विद्यालयहरुमा आश्रय दिएर राखिएको छ ।

    वर्षा जारी नै रहेकाले थप क्षतिबाट बच्नका लागि सुरक्षित रहन भनिएको समाचारमा जनाइएको छ ।


    शुक्रवार, भाद्र ३ २०७९०१:३८:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij