Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कोरोना महामारी : विश्वभर १ करोड १० लाख संक्रमित, ५ लाख २३ हजारको मृत्यु

कोरोना महामारी : विश्वभर १ करोड १० लाख संक्रमित, ५ लाख २३ हजारको मृत्यु

  • शनिवार, आषाढ २० २०७७

  • 1.2K
    SHARES

  • कोरोना महामारी : विश्वभर १ करोड १० लाख संक्रमित, ५ लाख २३ हजारको मृत्यु

    काठमाडौं । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड १० लाख नाघेको छ।

    जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार विश्वमा संक्रमितको संख्या १ करोड १० लाख ३७ हजार ६ सय २५ पुगेको हो। संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख २३ हजार ७ सय ७७ पुगेको छ।

    सबैभन्दा बढी प्रभावित अमेरिकामा २७ लाख ८८ हजार ३ सय ९५ संक्रमित पुगेका छन् भने १ लाख २९ हजार ४ सय ५ जनाको मृत्यु भइसकेको छ।

    यस्तै, ब्राजिलमा १५ लाख ३९ हजार ८१ संक्रमित र ६१ हजार ८ सय ८४ मृत्यु, रुसमा ६ लाख ६६ हजा ९ सय ४१ संक्रमित र ९ हजार ८ सय ४४ मृत्यु तथा भारतमा ६ लाख २५ हजार ५ सय ४४ र १८ हजार २ सय १३ जनाको मृत्यु भएको छ।

    संक्रमितको संख्याका हिसाबले पेरु र चिलीले बेलायतलाई समेत पछाडि पारेका छन्। पेरुमा २ लाख ९५ हजार ५सय ९९ र चिलीमा २ लाख ८८ हजार ८९ संक्रमित पुगेका छन् भने बेलायतमा २ लाख ८५ हजार ७ सय ८७ संक्रमित पुगेका छन्।

    विश्वभर कोरोनाबाट निको हुनेको संख्या ५८ लाख ३४ हजार ३ सय ३७ पुगेको छ।


    शनिवार, आषाढ २० २०७७०७:१८:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij