Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भ्रष्टाचारमा जेल परेका सामसङ उपाध्यक्षलाई दक्षिण कोरियाका राष्ट्रपतिले दिए आममाफी

भ्रष्टाचारमा जेल परेका सामसङ उपाध्यक्षलाई दक्षिण कोरियाका राष्ट्रपतिले दिए आममाफी

  • शुक्रवार, श्रावण २७ २०७९

  • 731
    SHARES

  • भ्रष्टाचारमा जेल परेका सामसङ उपाध्यक्षलाई दक्षिण कोरियाका राष्ट्रपतिले दिए आममाफी
    काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक युअलले सामसङ इलेक्ट्रोनिक्सका उपाध्यक्ष जे वाइ लीलाई आममाफी दिएका छन्। भ्रष्टाचार मुद्दामा जेल परेका लीलाई राष्ट्रपति युअलले आममाफी दिएको समाचार संस्था रोयटर्सले जनाएको छ।
     
    राष्ट्रको आर्थिक सङ्कटलाई समाधानका निम्ति सहयोग पुर्‍याउने उद्देश्यले उनलाई रिहाइ गरिएको कोरियाको न्याय मन्त्रालयले जनाएको छ।
     
    ‘मुलुकको आर्थिक सङ्कट समाधानका निम्ति हामीले सोच विचार गरी लीलाई रिहाइ गरेका छौं। उनको रिहाइपछि सामसङमा लगानी र रोजगारी बढ्ने अपेक्षा छ,’ न्याय मन्त्री हङ दोङ युनले  भनेका छन्।
     
    रिहाइपछि लीले राष्ट्रको आर्थिक स्थिति उन्नतिका निम्ति आफूले काम गर्ने बताए।
     
    ‘म आर्थिक उत्थानका निम्ति लगानी बढाउने र रोजगारी सिर्जना गर्न क्रियाशील हुनेछु,’ रिहाइपछि लीले भने।
     
    ली १८ महिना जेल बसेर छुटेका हुन्। राष्ट्रपति युअलले ली सहित १७ सय जनालाई आममाफी दिएका हुन्। उनीहरूको सोमबार रिहाइ हुनेछ। 


    शुक्रवार, श्रावण २७ २०७९०२:४२:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij