Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा

बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा

  • मंगलवार, श्रावण २४ २०७९

  • 775
    SHARES

  • बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा

    काठमाडौं । भारतको बिहार प्रान्तका मुख्यमन्त्री नितिश कुमारले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री नितिश कुमारले मंगलबार राज्यपाल फागु चौहानलाई भेटेर राजीनामा दिएका हुन् ।

    राज्यपाल चौहानलाई भेटेपछि नितिश कुमारले सञ्चारकर्मीहरूलाई आफूले पदबाट राजीनामा दिएको बताएको बीबीसी जनाएको छ ।

    राजीनामापछि उनले भने, ‘पार्टीका सबै विधायक र सांसदहरू एनडीए गठबन्धनबाट अलग हुन चाहन्छन् ।’ गठबन्धनमा सहभागी भारतीय जनता पार्टीसँग मतभेद बढेपछि जनता दल युनाइटेडले मंगलबार बिधायक र सांसदहरूको बैठक बोलाएको थियो ।

    उक्त बैठकले एनडीए गठबन्धन छाड्ने निर्णय गरेको र उक्त निर्णयलाई आत्मसाथ गर्दै आफूले राजीनामा दिएको उनले स्पष्ट पारे ।

    राजीनामा दिए पनि नितिश कुमारले आरजेडीको समर्थनमा नयाँ सरकार बनाउने अनुमान गरिएको छ । कांग्रेस र अन्य विपक्षी दलहरूले पनि नितिश कुमारकै नेतृत्वम सरकार बनाउन समर्थन दिने संकेत गरेका छन् ।

    राज्यपाललाई राजीनामा बुझाएलगत्तै नितिश कुमार पूर्व मुख्यमन्त्री राबडी देवीको घर पुगेका छन् । उनी र तेजस्वी यादवबीच नयाँ सरकार गठनका विषयमा छलफल हुने बताइएको छ ।

     


    मंगलवार, श्रावण २४ २०७९०५:५४:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij